
पाकिस्तानको हारगुहार चीनद्वारा बेवास्ता
पछिल्लो समय पाकिस्तानले चीनसँग विभिन्न क्षेत्रमा सहकार्य बढाएको छ ।
चीन पाकिस्तान आर्थिक करिडोरका नाममा चीनले पाकिस्तानमा ऋणको वर्षा गरेको छ । यति गहिरो सम्बन्ध बनाएका बेला पनि चीनले पाकिस्तानलाई लात हानेको छ ।
कोभिड-१९ महामारीको सुरुवातसँगै पाकिस्तान पुगेका हजारौं विद्यार्थीलाई सरकारले चीन फर्किन रोक लगाएको हो । करिब २८ हजार पाकिस्तानी विद्यार्थीहरु चीनका विभिन्न शैक्षिक संस्थाहरुमा भर्ना भएका छन् । महामारी सुरु भएपछि चीनले सन् २०२० मार्चमा ति विद्यार्थीलाई सात महिनाको लागि पाकिस्तान पठाएको थियो ।
सो समयमा पाकिस्तान पुगेका विद्यार्थीहरु दुई वर्ष वितिसक्दा पनि पाकिस्तानमै अड्केका छन् । चीनले देशमा कोरोना संक्रमण फैलन नदिन अपनाएको शून्य कोभिड नीतिअनुसार करिब ११ हजार पाकिस्तानी विद्यार्थी चीन फर्किन नपाएको बताइएको छ ।
जसका कारण पाकिस्तानी विद्यार्थीहरु आफ्नो डिग्री गुम्नेमा चिन्तित बनेका छन् । चीनमा अध्ययनरत विद्यार्थीलाई चीन फर्काउन पाकिस्तानले निरन्तर प्रयास गरिरहेको बताइएको छ ।
यद्यपि, इस्लामावादस्थित चिनियाँ राजदूतावासले कोभिड चुनौतीका बीच आफूहरुले केही भन्न नमिल्ने प्रतिक्रिया दिएको बताइएको छ ।
यता चीनले नेपालका विद्यार्थी पनि रोक लगाएको छ । कोभिड संक्रमण नियन्त्रणमा आइसके पनि नेपाली विद्यार्थीहरु अझै चीन जान पाएका छैनन् ।




