
दोरदोर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
नेपाल विद्यार्थी संघ भानुको आयोजनामा भानु–३ दोरदोर आधारभुत बिद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
उक्त विद्यालयमा अध्यनरत २७ जना बिद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
नेबिसंघका पुर्ब महामन्त्री आनन्द राज त्रिपाठी, नेविसंघ तनहुँका सहसचीव अजय थापा, तरुण दल आबुँका अध्यक्ष बिजय गुरुङ र उपाध्यक्ष दिपेन्द्र अधिकारी, दर्शन प्रधान, निर्दोष श्रेष्ठ, राम थापा, विशाल केसी लगायतको सहयोगमा शैक्षि सामत्री सहित कपडा बितरण गरिएको हो ।




