| आइतवार, कार्तिक २२, २०८३

लायन्स क्लव अफ आँबुखैरेनी सिटीद्वारा सहयोग


लायन्स क्लव अफ आँबुखैरेनी सिटीले आँबुखैरेनी क्याम्पसका सुरक्षा गार्ड शंसेर नेपालीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

श्रीमती माया नेपालीको असामयिक निधन भएको र आर्थिक अवस्था कमजोर भएका नेपालीको परिवारलाई काजक्रिया खर्च स्वरुप नगद आठ हजार प्रदान गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालले बताए ।

सो क्लवले आँबुखैरेनी र आसपासका ठाउँमा बिभिन्न सामाजिक काममा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्