| सोमवार, साउन २४, २०८३

आज बाल दिबस मनाईँदै

भदौ २९ गते आजको दिन हरेक वर्ष नेपालले बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउँदै आएको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको हो ।


बिपद्मा बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिवद्धता भन्ने नाराका साथ दिबस मनाईँदै छ । यसवर्षको वाल दिवस अलिक फरक धारमा आएर अडेको छ । विश्वभरि नै कोरोना त्रास र कोरोना पछिको विश्वमा जीवन घरका भित्ताहरु भित्र र मास्कको सहारामा अघि बढिरहेको छ । बालबालिकाहरु र अभिभावकहरु सबै घरभित्रनै अनि भर्चुअल विश्वको तानाबानामा जीवनको सार बुनिरहेका हछन्, यस अवस्थामा बाल अधिकार संरक्षण र भावी पुस्ताको चाह अनि धारणाको बिकास झनै चुनौतिपूर्ण भएको छ, यस विषयमा हामी सबै सजग हुन जरुरी भएको कुरा यस वर्षको वाल दिवसले पैरवी गरेको छ ।

दिबसको अवसरमा बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले औपचारीक कार्यक्रम भने बिगत जस्तो यस वर्ष राखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्