| बिहिबार, जेष्ठ २२, २०७७

लुदी दाम्गाडे सामुदायिक बनद्वारा गोरखा नगरपालिकालाई १० थान पिपिई सहयोग

लुदी दाम्गाडे सामुदायिक बन उपभोक्ता समिति गोरखा नगरपालिका ८ ले गोरखा नगरपालिका मार्फत १० थान (पिपिई) स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई बन समुहको तर्फबाट सदर कट्टेलले पिपिई हस्तान्तरण गरेका हुन् । उक्त पिपिई नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई उपलब्ध गराईने नगरप्रमुख पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्