| शनिबार, कार्तिक २, २०७६

editorial

वडा कार्यालयको फर्जी कागज अनुसन्धान अलमलमा

केही दिनअघि पालुङ्टार नगरपालिका १ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजात पेश गरेकी एक महिलालाई वडा कार्यालयको कार्यालय सहयोगी पदमा नियुक्तिका लागि नाम प्रकाशित गरे । सात जना प्रतिष्पद्र्धी रहेको सो पदमा फर्जी कागज पेश गरेको उम्मेद्वारको नाम प्रकाशित भएपछि बिरोधको आवाज उठ्यो । बिरोधमा आवाज उठाउनेहरु फर्जी कागजात लिएर जिल्ला प्रशासन कार्यालय र पत्रकारहरुसम्म आइपुगे । सो वडाकी कविता खड्का(बानियाँ)ले बहिनी हिरा बानियाँको कक्षा आठ उतीर्णको प्रमाणपत्र, लब्धांक पेश गरेको कागजात भेटियो । साथै हिराको नामको प्रमाणपत्रमा कविताको फोटो टाँसेर प्रअले सही गरेको पनि भेटियो । त्यतिमात्र होइन, कविता र हीरा नामको व्यक्ति एउटै हुन् भनेर प्रमाणित गरेको पनि कागजात फेला परेको छ । नागरिकतामा कविता, प्रमाणपत्र र लव्धांक पत्रमा हीरा नाम भएका व्यक्ति एउटै हुन् भनेर प्रमाणित गर्ने नाटक कागजातमा देखिएको छ । त्यसलाई वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेका छन् । कविताको नामको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०४५ साल छ । हीराको नामको प्रमाणपत्रमा जन्ममिति २०४९ साल छ । यस्तो कागजातलाई पनि सामान्य अध्ययन समेत नगरी एउटै हो भनेर प्रमाणित गरिएको छ । केही राजनीतिक दबाब समेत परेको यो प्रकरणमा फर्जी कागजातको बिषयमा पनि अध्ययन अझै सुरु भएको छैन । प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले कागजात अध्ययनका लागि प्रहरीमा पठाएको स्पष्ट जनाएका छन् । तर प्रहरीले भने सो कागजात नपाएको दाबी गरेको छ । सबैमा जगजाहेर भएको यस्तो बिषयमा पनि अनुसन्धान भएन भने नियमक निकायप्रति सर्बसाधारणमा पर्न सक्ने छापको अनुमान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्