क र ख स्तरको एम्बुलेन्स सेवा पनि सञ्चालन गर
गोरखामा एम्बुलेन्स सेवा सुरु भएको दसकौं भएको छ । सदरमुकाममा मात्र सञ्चालन गरिदै आएको एम्बुलेन्स सेवा अहिले सडक सञ्जाल जोडिएका अधिकांश गाउँ बस्तीमा पनि सुरु गरिएको छ ।
यदाकदा एम्बुलेन्स सेवामा पनि अनियमितता देखिएको छ । कतिपय संस्थाले भन्सार सहुलियतमा(सस्तो मूल्यमा) एम्बुलेन्स ल्याएर मनोमानी गरेका छन् । ग्रामीण भेगका लागि भनेर अनुमति लिएका कतिपयले सदरमुकाममा रहेर सेवा दिइएको पाइएको छ । भन्सार छुटमा ल्याएर कतिपय एम्बुलेन्स सञ्चालक समितिले व्यक्तिलाई भाडामा चलाउन दिने गरेको पाइएको छ ।
दुख परेका आपद बिपदमा परेकालाई सेवा दिने उद्देश्यले भन्सार छुटमा ल्याइएका साधन मौकामा काम नलागेपछि बेअर्थको हुन्छ । त्यसैले यस्तो अबस्था आउन दिन हुदैन । त्यतिमात्र होइन, गोरखामा चल्ने अधिकांश एम्बुलेन्स पुराना, थोत्रा छन् । कालोपत्रे गरिएको सडकमा समेत बिरामीलाई उफार्ने, झन बिरामी, झन घाइते बनाउने खालका छन् ।
सस्तो गाडीलाई एम्बुलेन्स बनाइएका छन्, जुन बिरामी वा घाइतेमैत्री छैनन् । बिरामीलाई आबश्यक पर्ने खालको सिट, अक्सिजन सिलिण्डर, प्राथमिक उपचारका सामान, सहयोगी स्वास्थ्य कार्यकर्ता जस्ता सेवा सुबिधा भएको एम्बुलेन्स पनि गोरखामा छैनन् । प्राय एम्बुलेन्स घ तथा ग श्रेणीका मात्र छन् । आर्थिक रुपमा सम्पन्न तथा मध्यम बर्गीय सेवाग्राहीले धेरै नै खर्च गरेर पनि बिरामीलाई सुबिधा पूर्वक अस्पतालसम्म पु¥याउन चाहन्छन् तर त्यस्तो एम्बुलेन्स सेवा गोरखामा छैन । त्यसैले त्यसतर्फ ध्यान दिई क वा ख बर्गको एम्बुलेन्स सेवा सञ्चालन अहिलेको आबश्यकता भएको छ ।




