| शुक्रबार, अशोज ३, २०७६

editorial

कालोबजारीको खोजी गर

जिल्ला प्रहरी कार्यालयको एक टोलीले बिहीबार पेट्रोल कालोबजारी गर्ने दुई जनालाई पक्राउ ग¥यो । गोरखा सदरमुकाम र आसपासका पसल तथा ब्यापारी संस्थानहरुमा दिनहुँ कालोबजारी भइरहेको गुनासो आइरहन्छन् । यस्ता कालोबजारी रोक्न उपभोक्ता हित संरक्षण मञ्च, प्रशासनको अनुगमन समिति भएपनि ति समितिले काम नगर्दा उपभोक्ताहरु पाइलै पिच्छे ठगिमा परिरहेका छन् । उद्योग वाणिज्य संघले ब्यापारीको संस्था भनेर ब्यापारीको ओठ ढाक्ने काम मात्र गरेको कारणले गर्दा उपभोक्ता थप मारमा परेका छन् । पसलमा मूल्य सूची नटाँस्ने, पसलै पिच्छे फरक फरक मूल्यमा एउटै सामाग्री विक्रि गर्ने गुनासो सुने पनि उद्योग वाणिज्य संघको नेतृत्वले कानमा तेल हालेको प्रष्टै देखिन्छ । गोरखा सदरमुकाममा इजाजत एक प्रयोजनको लिने र काम अर्कै गर्ने फर्महरुको समेत निगरानी हुन जरुरी छ । यसमा प्रहरी प्रशासन सँगै निजि क्षेत्रको समेत उत्तिकै साथ रहनु पर्दछ । गोरखामा अहिले पक्राउ परेका मात्र होइनन् थुप्रै ब्यापारिक फर्महरुले कालोबजारी गरिरहेको देखिन्छ । अहिले पुननिर्माणको काम चापाचाप छ । त्यसका लागि आउने रड, सिमेन्ट लगायत अन्य सामाग्रीहरुको गुणस्तर कस्ले मापन गर्ने ? त्यसमा ध्यान कस्ले दिने ? यस विषयमा उपभोक्तालाई जानकारी कस्ले गराउने ? यस खाले कुरामा सरोकारवाला पक्षले ध्यान नदिँदा समस्या आएको हो । अब नगरपालिकाको हकमा नगरले र गाउँपालिकाको हकमा गाउँपालिकाले अनुगमन समिति बनाएर तत्कालै यस सम्बन्धी कदम चाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्