काठेपोलमुक्त अभियानले प्राथमिकता पाओस्
े जब अलिअलि हुरी चल्न थाल्छ, गाउँघरका बिजुलीका पोल ढल्न थाल्छ । कतिपय ठाउँमा पोल कोल्टिएर, ढल्किएर तार लच्किएर मान्छे वा पशुचौपाया मरिरहेको घटना आइरहन्छ । कतिपय ठाउँमा पोल ढलेर महिनादिनसम्म नबनाउँदा गाउँ विद्युत उपभोग गर्नबाट बञ्चित भइरहेको समाचार आउँछ । कहिकतै एक ठाउँको पोल ढल्दा अन्यत्रको विद्युत वितरणमा समेत समस्या भइरहेको हुन्छ । कहिँकतै सयौं काठेपोलको प्रयोग गर्दा जंगलका राम्रा राम्रा सालका रुख नष्ट भइरहेका छन् ।
तमाम यी समस्याको समाधान गर्नका लागि फलामे÷धातुका पोल प्रतिस्थापन गर्नुको बिकल्प के छ ? बिगत लामो समयदेखि केन्द्र सरकार, जिल्ला सरकार, गाउँपालिका सरकारको अधिकांश बजेट सडकमा खर्च भइरहेको छ । तर काठेपोल बिस्थापित गर्ने कार्यक्रमले खासै प्राथमिकता पाएको छैन ।
अहिले विकासको काम गर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारमा छ । त्यसैले स्थानीय सरकारले आफ्नो गाउँपालिकाभित्रको काठे पोल बिस्थापित गरी फलामे पोल राख्नका लागि बजेट बिनियोजन गर्नुपर्छ । यसमा विद्युत प्राधिकरणले पनि बजेट बिनियोजन त गर्छ, गाउँ सरकारले पनि यस कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । सफ्टवेयरको काम धेरै गरेको भन्दा यो पनि एउटा देखिने कामभित्र पर्छ ।
त्यस्तै अब केन्द्रीय प्रशारणको नयाँ लाइन बिस्तार भएको ठाउँमा काठेपोल नराखौं । किनभने काठेपोल बिस्थापित गर्नु नै छ, अहिले राखेर केही समयपछि बिस्थापित गर्नु छ भने खर्च बढाउन मात्रै कोठपोल नराखौं । लघुजलविद्युत आयोजना सञ्चालन भएको ठाउँमा पनि दोहोरो खर्च गर्नुको साँटो सुरुमा नै केही बढी लगानी गरौं, तर फलामे पोल नै राखौं ।




