| मङ्लबार, कार्तिक २४, २०८३

विकास हाइड्रो सामाजिक उत्तरदायित्वप्रति सचेत

धार्चे गाउँपालिकाको माछाखोला(रेसेखोला)मा विद्युत उत्पादन गरिरहेको विकास हाइड्रोपावर कम्पनीले धार्चेका स्थानीयबासीका लागि सामाजिक उत्तरदायित्व पूरा गर्नबाट चुकेको देखिँदैन । स्थानीयबासीसंग समन्वय र सहकार्य गरी सो कम्पनीले सो क्षेत्र आसपास विभिन्न सामाजिक काम गर्दै आएको छ ।
अहिले स्थानीयबासीमा आयआर्जनको बाटो पनि खुल्ला गरेको छ । स्थानीयबासीका लागि सेयर खुल्ला गरेर कम्पनीले अर्को दायित्व पूरा गरेको हो । सो कम्पनीले धार्चेका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र हाइड्रोपावर कम्पनीका कर्मचारीका लागि ९० करोड ९१ लाख बराबरको आइपिओ खुल्ला गरेको छ ।
धार्चेका बासिन्दालाई दुई वर्गमा विभाजन गरेर सेयर निस्काशन गरेको छ । वडा नं. ४ र ५ का बासिन्दालाई अति प्रभावित क्षेत्रमा वर्गिकरण गरी ४० प्रतिशत अर्थात तीनलाख ६३ हजार ६४) कित्ता (तीन करोड ६३ लाख ६४ हजार बराबर) सेयर निस्काशन गरेको छ । बाँकी सबै वडाका बासिन्दालाई प्रभावित क्षेत्र घोषणा गरी ६० प्रतिशत अर्थात पाँचलाख ४५ हजार ४६१ कित्ता(पाँच करोड ४५ लाख ४६ हजार एकसय रुपैयाँ बराबर) सेयर निस्काशन गरेको छ ।
सार्वजनिक निस्काशन गरिने सेयरको १) प्रतिशत अर्थात तीनलाख ५४ हजार ५५) कित्ता(तीन करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबर)को सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निस्काशन गरेको छ ।
उनीहरुले एक हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको सेयर खरिद गर्न सक्ने व्यवस्था छ । धार्चेबासीलाई यो अवसर उचित छ ।

प्रतिक्रिया दिनुहोस्