मगर अभियानबाट सिकौं
गत शुक्रबार गोरखामा मगर संघको केन्द्रीय कार्यसमितिको नवौं पूर्ण बैठक सम्पन्न भयो । बैठकले मगर युवाहरु मदिराको दुव्र्यशनमा परेर पिछडिएको निश्कर्ष सहित २५ बर्षभन्दा कम उमेरका मगर युवाहरुलाई मदिरा सेवन गर्न निषेध गर्ने निर्णय ग¥यो ।
सिर्जनात्मक काम गर्ने र जीवनलाई नयाँ मोड दिने उर्जाशील यो उमेरमा जाँडरक्सीमा भुल्दा व्यक्तिगत स्वास्थ्यमा पनि असर त छँदैछ,, आफू र आफन्तजनलाई समेत तनाब उत्पन्न हुन्छ । त्यतिमात्र होइन, सिँगो मगर समुदायलाई नै बद्नाम र नकारात्मक असर पु¥याउँछ । यो मनन गरी मगर संघले उर्जाशील उमेरमा राम्रो काममा लाग्न प्रेरित गर्न मदिरामुक्त युवा अभियान सुरु गर्ने निर्णय गरेको हो ।
यो एउटा जातीय अभियान हो, तर यो निक्कै प्रेरणादायी छ । यसबाट अरु समुदायले पनि सिक्नु पर्छ । जातले दिएको भन्दै असीमित पिउँदा धेरै कुरा बिग्रन्छन् । त्यसैले विशेष गरी जनजाति समुदायले ढिला नगरी यो अभियानमा एकाकार हुनुपर्छ । अझ मदिरामुक्त हुने कुनै नयाँ खालका विकल्पहरु छन् भने अपनाएर अनुकरणीय बन्न सक्नुपर्छ । जनजाति मात्र होइन, अहिले खस, आर्य, बाहुन, क्षेत्री समुदायका जुनसुकै उमेर समूहले पनि मदिरा सेवन गर्ने गरेका छन् । उनीहरुले पनि मदिरामुक्त हुने उपाय अपनाउनु पर्छ ।
मदिरा कुनै एउटा समुदायका लागि मात्र वा कुनै उमेर समूहका लागि मात्र हानिकारक होइन, सबैका लागि, सँधैका लागि हानीकारक हो । त्यसैले यसलाई बर्जित गर्नुपर्छ । गोरखाको गण्डकी गाउँपालिकाले मदिरा न्यूनिकरण गर्न गाउँपालिकाभित्र साँझ पाँचबजेदेखि आठबजे सम्म मात्र मदिरा सेवन गर्न खुल्ला गरेको छ । स्थानीय सरकारले निर्णय गरेर कार्यान्वयनको चरणमा छन् । यसबाट पनि अरु गाउँपालिकाले अनुशरण गनुृपर्छ ।




