| सोमवार, कार्तिक २३, २०८३

पप्पुलाई बेलिब्रिज किन ?

नेपालमै सबैभन्दा धेरै पुल निर्माणको ठेक्का लिने पप्पु कन्स्टूक्शन नै हो । स्रोतका अनुसार उनले देशभरमा सात किलोमिटर पुल निर्माणको ठेक्का लिएका छन् । तर अधिकांश पुल निर्माणको काम अलपत्र छ ।
गोरखाको बुटार र चितवनको चुमखोला जोड्ने गरी निर्माण गर्न लागिएको पुलको ठेक्का पनि पप्पु कन्स्टूक्शनले नै लिएको हो । २०७१ सालको असार २९ गते सम्झौता भएको सो योजना अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र प्रगति भएको छ ।
सो कन्स्टूक्शनका प्रोपाइटर हरिनारायण रौनियार संघीय संसदका सदस्य पनि हुन् । जिम्मेवार व्यक्तिको गैरजिम्मेवार कामप्रति अहिले देशभरि आवाज उठेको छ ।
गोरखाको त्रिशुली पुलको बारेमा पनि यस बिषयमा चर्चा भएपछि पुल महाशाखा, स्थानीय जनप्रतिनिधि, स्थानीय समाजसेवी, पप्पु कन्स्टूक्शनका प्रतिनिधि बीच आइतबार छलफल भयो । छलफलमा सरकारले बेलिब्रिज बनाइदिए मात्र पुलको बाँकी काम गर्ने अडान पप्पुका इञ्जिनियरले लिएपछि सरकार उनको प्रस्तावमा लचक भयो र बेलिब्रिज बनाइदिने प्रतिवद्धता ग¥यो । सो प्रतिवद्धताले सरकार २३ लाख रुपियाँ थप आर्थिक भारमा प¥यो ।
बेलिब्रिज बनेको एक बर्षभित्र पुल निर्माण सम्पन्न गर्ने पप्पुका इञ्जिनियरले घोषणा गरे । एक बर्षपछि सो ठाउँमा पक्की पुल बन्नेछ । एक बर्षका लागि सरकारले २३ लाख रुपियाँ खर्च गरेर बेलिब्रिज बनाउँदैछ । लाखौं आर्थिक भार ब्यहोरेर पनि सरकार किन पप्पुको प्रस्ताबमा लचक भयो ? बिभिन्न सामान ढुवानी गर्नुपर्छ भनेर बेलिब्रिज बनाउन उनले माग गरेका हुन् । सामान ढुवानी गर्नुपर्छ भनेर यसअघि उनलाई थाहा थिएन ? सम्झौतापछि पनि बिभिन्न डिमाण्ड हुदै गयो भने सरकार पूरा गर्दै जान तयार हुन्छ ? यो नजिरप्रति सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्