| शुक्रबार, अशोज ८, २०८३

नियम मिचेर जग्गा प्लटिङ

खेतीयोग्य जग्गा जमीनको संरक्षण गर्न, खेतीबालीको प्रवद्र्धन गर्न २०७४ साउन २४ को मन्त्री परिषदको निर्णयले जग्गा प्लटिङ रोक्न देशभर सर्कुलर गर्यो । मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्ने गरी जनप्रतिनिधि आएपछिको पालुङटार नगरपालिकाको पहिलो नगरपरिषदले जग्गा प्लटिङ रोक्ने निर्णय ग¥यो । तर अहिले वडा नं. ७ च्याङ्लीमा धमाधम जग्गा प्लटिङ गरिएको छ । स्थानीय राजीव पन्तले करिब ९० वटा कित्ताकाट गरी जग्गा प्लटिङ गरेका हुन् । उनलाई प्लटिङ गर्न वडा कार्यालय र नगरपालिकाले निर्बाध सिफारिस गरेका छन् । नगरपालिकाले घरबाटो सिफारिसका लागि राजस्व लिएर बाटो खुल्ला गरेको छ । त्यसैको आडमा रहेर वडा कार्यालयले पनि घरबाटोका लागि सिफारिस गरेको छ । सिफारिसको आधारमा मालपोत तथा नापी कार्यालयले पनि कित्तकाट गरेका छन् । कित्ताकाट नगर्न मालपोत र नापी कार्यालयमा निर्देशन प्राप्त भइसकेको अबस्था पनि उनीहरुले कित्ताकाट गरेका छन् । राज्यको नियम कानून उल्लंघनमा यसरी सबका सब निकाय अग्रसर भएको देखिएको छ । यसरी आफैले बनाएको नियम कानून आफैबाट जानाजान उल्लंघन हुन्छ भने कानूनी राज्यको अनुभूति कसरी गर्न सकिन्छ ? प्रश्नचिन्ह छ । सो जग्गा रहेको क्षेत्र प्रस्तावित प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण स्थल अन्तर्गत समेत पर्छ । औद्योगिक क्षेत्रका लागि चार किल्ला प्रस्ताब गरेको क्षेत्रभित्र प्लटिङ हुँदा औद्योगिक क्षेत्र विकास समितिले ध्यानाकर्षण भएको जनाएको छ । यसलाई दुरुत्साहित गर्न नगरपालिकाका मेयरले तत्काल सिफारिस तथा प्लटिङ रद्ध गर्न निर्देशन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्