| बिहिबार, अशोज ७, २०८३

खर्च गर्ने क्षमता अझै उस्तै

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिकबर्ष गोरखाका बिभिन्न कार्यालयका एकअर्ब ३९ करोड रुपियाँ फ्रिज भयो । चालु खर्च करिब सतप्रतिशत खर्च हुने गरेको छ भने पुँजीगत तथा विकासतर्फको भने यति ठूलो परिमाणको बजेट फिर्ता गएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार खर्च प्रतिशत भने बिगतका बर्षहरुमा भन्दा सुधारोन्मुख छ ।
स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि र बजेट खर्च गर्ने अख्तियारी स्थानीय तहलाई नै दिए पनि आर्थिक बर्षको अन्तिममा मात्र हतारहतार गरी विकास निर्माणको काम गर्ने पुरानै प्रवृत्तिका कारण यसबर्ष पनि ठूलो परिमाणमा बजेट फ्रिज भएको हो । २३ अर्ब २८ करो पुँजगत बजेटमध्य ११ अर्ब ४१ करोड रुपियाँ असार महिनामा मात्र खर्च भएको थियो ।
योजना तथा कार्यक्रम बनाउने र साउन महिनादेखि नै खर्च गर्ने अख्तियारी स्थानीय तहलाई नै दिए पनि ४८.७० प्रतिशत बजेट असारमा मात्र खर्च भएको हो ।
शासन व्यबस्था नयाँ भए पनि प्रवृत्ति पुरानै भएका कारण देश विकासमा समेत असर पुगेको छ । स्थानीय तहका जनप्रतिनिधिका अनुसार खर्च गर्ने तरिका पुरानै भएका कारण बजेट कम खर्च हुन सकेको हो । त्यस्तै कर्मचारी अभावका कारण पनि योजना तथा कार्यक्रम तीब्र हुन नसकेको हो । साना साना तर धेरै टुक्रे योजना बनाउने, अनि बिल मिलाएर फस्र्यौट गर्ने प्रवृत्ति गत आर्थिक बर्ष पनि दोहोरियो । त्यस्तै उपभोक्ता समितिले जाँगर लगाएर काम नगर्नु, पटक पटक तालिम दिए पनि क्षमता अभिवृद्धि नहुनु, प्रभावकारी अनुगमन नहुनुका कारण बजेट खर्च गर्ने क्षमता नबढेको हो ।

प्रतिक्रिया दिनुहोस्