| सोमवार, कार्तिक २३, २०८३

आलु मेलामा निर्बाध जुवा

आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज सबैलाई प्यारो हुन्छ, हुनुपर्छ पनि । धेरै ठाउँका मेलाजात्राहरु लोप भइसकेका छन् । त्यसलाई पुस्तान्तर गर्नु यो पुस्ताको दायित्व हो । संस्कृति समुदायको पहिचान भएकाले यसलाई जीवन्त राख्नु सबैको दायित्व अन्तर्गत पर्छ । संस्कार संस्कृति सबै राम्रै हुन्छन्, सबैलाई जीवन्त बनाउनु पर्छ, सबैलाई संरक्षण, जगेर्ना गर्नुपर्छ भन्ने छैन । यसभित्र पनि कैयन नराम्रा पक्षहरु हुन्छन् । जस्तो कि जात्रामा जुवातास खेल,लाखौं करोडौंको हारजीत, कैयौ रातारात लखपति, कैयौ रातारात टाट । यस्तो परम्पराचाहिँ संरक्षण गनुृहुदैन । यसलाई थाहा पाएसम्म हटाउनु पर्छ । यस्तै सोचेर केहीबर्षअघि खोर्लाबेशी मेलामा हुनै करोडौंको जुवा तास खेल निमिट्यान्न पार्न प्रहरी लागिप¥यो । पहिलो बर्ष केही हट्यो, दोस्रो बर्ष त्योभन्दा धेरै कम भयो । तेस्रो बर्षदेखि प्रहरी प्रशासन फेरियो । सबै प्रहरी प्रशासनको एउटै भिजन, मिसन पनि नहुनसक्छ, त्यसैले नियन्त्रणको काम कम हुदै गयो, जुवा खेल बलियो हुदै गयो । अहिलेको खोर्लाबेशी मेलामा जुवा खेल बढ्यो । अहिले गुम्दामा आलु मेला भइरहेको छ । त्यस मेलामा पनि जुवा खेल ब्यापक छ । बाहिर आँगनमा खेलेका छैनन् तर घरभित्र धेरै खाल र ठूलो खेलहरु भइरहेका छन् । बच्चादेखि वृद्धसम्म यो खेलको बारेमा जानकार छन् । तर नियन्त्रणको प्रयास भएको छैन । निर्बाध रुपमा चलिरहेको जुवा नियन्त्रणका लागि कहीं कतैबाट प्रयास भएको थाह भने भएन ।

प्रतिक्रिया दिनुहोस्