
विद्युत उत्पादनका लागि वाताबरण बनाओस्
गोरखाको बूढीगण्डकी करिडोरमा बहुचर्चित १२०० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रिया अघि बढिरहेको छ । आयोजनाले हालसम्म करिब ४३ अर्ब रुपैयाँ मुआव्जाबापत वितरण गरिसकेको छ । आयोजनाको निर्माण कार्यका लागि भने आलटाल भइरहेको छ ।
सरकार फेरिएपिच्छे मोडालिटी फेरिन्छ । जसरी फेरिए पनि आयोजना शिलान्यासको काम भने हुन सकेको छैन । आयोजना आठबर्षभित्र निर्माण सम्पन्न हुने भनेर तोकिएको समय बितेको पनि दुई बर्ष भइसक्यो, तर अझै जग खन्ने काम पनि भएको छैन, जुन दुखद बिषय हो ।
सो ठाउँभन्दा माथि अर्थात आर्खेतभन्दा माथिको क्षेत्रमा थप १३४५ मेगावाट क्षमताको जलविद्युत उत्पादनका लागि विभिन्न कम्पनीहरुले अनुमति लिएका छन् । २० भन्दा धेरै कम्पनीले सो क्षमताको विद्युत उत्पादन गर्नका लागि अनुमति लिएका छन् ।
४.५५ मेगावाटको माछाखोला जलविद्युत आयोजनाको निर्माण कार्य सकिएर उत्पादन पनि भइसकेको छ ।
१६ मेगावाटको माछाखोला, २४.५ मेगावाटको दोभानखोला र ३०.५ मेगावाटको यारुखोला जलविद्युत आयोजनाले निर्माणको अनुमति लिएर बसेका छन् । तर काम भने सुरु गर्न सकेका छ्रैनन् । काम सुरु गर्न नसक्नुको कारण, यहाँबाट उत्पादन गरेको विजुली जोड्ने स्वीचयार्ड तथा राष्टिूय प्रशारणमा जोड्नका लागि ट्रान्समिसन लाइन पनि छैन । आयोजना आफैले ट्रान्समिशन लाइन तथा सबस्टेशन बनाउन नसक्ने र विद्युत प्राधिकरणले यस्ता खालका पूर्वाधार नबनाएका कारण समस्या देखिएको छ ।
त्यसैले सरकारले पनि आवश्यक पूर्वाधार निर्माण गरेर आयोजना निर्माणको वातावरण बनाइदिनु पर्छ । अल्पकालीन रुपमा माछाखोलादेखि सिरानचोकमा निर्माणाधीन १३२ केभीए क्षमताको सबस्टेशनसम्म जोड्ने गरी ट्रान्समिशन लाइन निर्माण गरिदिनु पर्छ भने, दीर्घकालका लागि माछाखोला क्षेत्र आसपास ४२० केभीए क्षमताको टूान्समिशन लाइन निर्माण गरिदिनु पर्छ ।
त्यस्तै अनुमति लिएर बसेका कम्पनीहरुले पनि खोला ओगटेर मात्र नबसी निर्माणको काम पनि सुरु गर्नुपर्छ ।




