गाउँको बाटोको ख्याल गर्ने की ?
जिल्लाका अधिकांश ग्रामीण सडकहरु कच्ची छन् । केही सडक त हालसालै गाउँपालिका र नगरपालिकाले बजेट सक्नका लागि मात्रै पनि खनेका छन् । यस्ता सडकमा बर्खायाममा हिउँद जस्तै ओहोर दोहोर सवारी कुद्न सक्ने कुरै भएन । विगतका वर्षमा जेठ महिना सम्म गाउँको बाटोमा सवारी नियमिति आउजाउ गरेपनि यस वर्ष बैशाख देखि नै गाउँका सडकमा सवारी आउजाउ नियमित हुन छोडे । असार र साउनमा ठप्प छ आगामी भदौ महिना पनि गाउँमा सडक बन्द हुने पक्का छ ।पहिले जिल्ला विकास समितिले यातायात यवसायी समितिहरुसँग समन्वय गरी सडक मर्मत तथा सरसफाई गर्ने गरेको भएपनि यस वर्ष देखि सम्पूर्ण बजेट स्थानीय तहलाई गएकोले अब त्यसरी सडक हिउँद बर्खै सञ्चालन गर्ने बनाउने जिम्मा स्थानीय तहको हो । कतिपय स्थानीय तहका जनप्रतिनिधीहरु आफैँ ठेकेदार भएकोले उनीहरुले आर्थिक वर्षको अन्तिममा सडक त खने तर बर्खामा चल्न सकेन । किनकि त्यो बजेट आर्थिक वर्षमा सक्नका लागि खनिएको थियो । । हिउँदभरी चुपचाप बसेका जनप्रतिनिधी ठेकेदार तथा अन्य ठेकेदारहरुलाई असार मसान्तमा भ्याइ नभ्याई भएपनि सडक अहिले चलेको छैन । यसरी गरेको विकासले दिगो विकास हुनै सक्दैन । यसका लागि जनताको अमूल्य मतले चुनिएर गएका जनप्रतिनिधीले पनि गाउँको सडक हिउँद बर्खै चल्न सक्ने बनाउन योजना बनाउन जरुरी छ । गोरखाको आँबुखैरेनी हुँदै गोरखा, बाह्रकिलो हुँदै सिरान्चोकको जरेबर सम्ममात्र पक्की सडक छ । कच्ची सडकले जोेडीएका गोरखाका विभिन्न गाउँहरुमा सवारी जान छोडी सके । कम्सेकम गाउँका कोही विरामी परे स्वास्थ्य संस्था सम्म लैजान एम्बुलेन्स




