| बुधबार, अशोज ६, २०८३

मालपोतमा कस्ले गर्ने निगरानी ?

मालपोत कार्यालय गोरखामा कर्मचारी कार्यालयकै सोफामा, कुर्सीमा सुत्ने, लेखापढि गर्नेहरु कार्यालय भित्रै छिरेर ढड्डा पल्टाउने गर्नु सरकारी कामकाजकै खिल्ली उँड्नु सरह हो ।
कार्यालय समयमा विभिन्न बाहनामा सोफामा सुत्ने, कुर्सीमै सुत्ने, कुर्सीमै बसेर विभिन्न भिडियोहरु हेर्ने मालपोत कार्यालयका कर्मचारीहरुको दैनिकी नै हो । सेवाग्राहीलाई बाहिर लाइन बसाएर भित्र काम नगरी सुत्ने, लेखापढि गर्नेहरुलाई ढड्डा हेर्न, झिक्न दिने गरेको चित्रले नै मालपोत कार्यालयमा कत्तिको चुस्त दुरुस्त काम हुने गरेको छ भन्ने पनि प्रस्ट हुन्छ । अझै लेखापढिहरुले मालपोतकै हाकिम सापसँग स्वीकृत लिएर यसरी ढड्डा पल्टाएको बताउँछन् । उता हाकिम साप भने कार्यालयको कोठामा प्रवेश गर्न नदिएको भन्दै जिद्धि गर्दै लेखापढि तथा विचौलिया गर्नेहरुकै पक्षमा बोल्ने गर्छन ।
लेखापढि ब्यवसायीहरुले केहीले सेवाग्राहीसँग मोलमोलाई गरेर जग्गा नामसारीको लेखापढि गर्ने गरेको गुनासो पनि उत्तिकै छ । लेखापढिहरुले ठगि गर्ने गरेको गुनासो जिल्ला प्रशासनमा समेत जान थालेपछि केही समय अघि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले लेखापढि ब्यवसायीहरुसँग छलफल नै गरेका थिए । सरकारको नुन खाएका कर्मचारीले सेवाग्राहीको सेवालाई ध्यान दिनुपर्छ कार्यालयको मानमर्दनको समेत ख्याल गर्नुपर्छ । यस विषयमा प्रमुख जिल्ला अधिकारीले समेत सोधखोज गरी आगामी दिनमा यस्ता घटना नहुन र सरकारी सेवा दुरुस्त बनाउन पहल गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्