| बुधबार, अशोज ६, २०८३

वन बिभागको फाइल अघि बढाउन पहल चाहियो

गोरखा नगरपालिकाको १२ किलोबजारबाट पालुङ्टार नगरपालिकाको केन्द्र ठाँटीपोखरी जोड्ने सडकको सातदोबाटेनेरको सडक खण्ड बिगत छ बर्षदेखि कालोपत्रे गरिएको छैन । करिब २० किलोमिटर सो सडकको १७ किलोमिटर कालोपत्रे गरिए पनि विवादका कारण तीन किलोमिटर सडक कालोपत्रे हुन नसकेको हो ।
अन्नपूर्ण मन्दिर क्षेत्रको वनमा सडकले धेरै रुखहरु तहसनहस गराएको भन्दै मुद्धा परेपछि २०७० सालदेखि सडक कालोपत्रेको काम रोकिएको थियो । वन बिभागले तत्कालका लागि काम रोक्न आदेश दिएपछि अघि नबढेको काम अहिलेसम्म अलपत्रै छ ।
काम सुचार गर्न सहजीकरण गर्ने प्रकृतिको सिफारिस लगायतका कागज तयार गरी जिल्लास्तरबाट फाइल अघि बढे पनि सो फाइल सडक बिभागको कुनै कुनामा थन्किएर बसेको छ ।
यस्तै प्रकृतिका विवाद अन्य सडकमा पनि भएका थिए, तर उपभोक्ता समिति वा सम्बन्धित निकायले निरन्तर फलोअप गरी फाइल अघि बढाए र काम सम्पन्न गर्न सफल भए । तर यहाँको फाइल अघि बढाउन कोही पनि तातेनन् ।
प्रदेश सांसद हरिशरण आचार्य भन्छन् जुन कागजात वन कार्यालयमा अड्केको छ, त्यो प्रदेशको वन मन्त्रालयबाट फुकाइनेछ । सोचे जस्तो भए त ठिक छ तर संघीय सरकारको वन विभागले अध्ययन गगरिरहेकोे कागजात प्रदेश मन्त्रालयलाई दिन्छ वा दिन्न जस्ता सवाल छन् ।
गोरखाको स डकको काम गर्ने सडक योजना कार्यालय, सम्बन्धित नगरपालिका, स्थानीय प्रशासन आदिको निरन्तरको पहल भएमा अहिले नै पनि फाइल अघि बढ्न सक्छ । त्यसैले पहल गर्न नछाडौं ।

प्रतिक्रिया दिनुहोस्