| सोमवार, कार्तिक २३, २०८३

बजार अनुगमन चाडबाडमुखी मात्र होइन, नियमित होओस्

जब दशैंजस्ता ठूला चाडबाड नजिकिन्छन्, तब बजार अनुगमन सघन बन्छ । जब चाडबाड आउँछन्, तब टूाफिक चेकिङ पनि सघन हुन्छन् ।

के सम्बन्ध छ, चाडबाड र अनुगमनको ?
दैनिक सर्वसाधारणको भान्सामा पाक्ने खाद्यबस्तुको अनुगमन त बाह्रै महिना हुनुपर्ने हो । सर्वसाधारणको जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने दैनिक उपभोग्य बस्तुको गुणस्तर, मिसावट, नापतौल, उत्पादन र म्याद नाघ्ने मितिहरु त नियमित परीक्षण गर्नु अत्यावश्यक हुन्छ ।

जीवन र मरणसंग सम्बन्धित यातायात क्षेत्रको अनुगमन पनि दिनहूँ हुनुपर्ने हो । तीब्र गतिमा सवारी चलाए, नचलाएको, मादक पदार्थ सेवन गरी सवारी साधन चलाए नचलाएको, क्षमताभन्दा धेरै यात्रु राखी सवारी चलाए नचलाएको, धेरै जीर्ण सवारीसाधन चलाउ नचलाएको इत्यादि बिषय नियमित चेकिङ हुनुपर्ने हो ।

तर यस्ता अनुगमन चाडबाडमा मात्र हुनुलाई जनस्तरबाट आलोचनात्मक दृष्टिले व्याख्या(कुतर्क) पनि गर्ने गरेका छन् । अनुगमनकर्ताहरु कुतर्कको सिकार हुनुपर्ने अबस्था छ । यदि नियमित चेकजाँच भएको भए यस्ता आरोपको शिकार हुनुपर्ने थिएन ।

खाद्यान्नमा अखाद्य बस्तुको मिसावट भए नभएको, खाद्यबस्तु खानयोग्य भए नभएको, मिति गुज्रिए नगुज्रिएको, खाद्यान्न गुणस्तरीय वा गुणस्तरहीन भएको जस्ता बिषय नियमित चेकजाँच हुनुपर्ने विषय हो ।

गुणस्तर तथा नापतौल विभागको इकाइ पनि आवश्यक ठाउँमा तत्काल उपलब्ध हुने गरी कम्तिमा पनि प्रत्येक जिल्लामा हुनुपर्ने हो, तर त्यस्तो छैन ।

सदरमुकामको कुनै पसलमा रहेको खाद्य सामग्रीको गुणस्तरको अबस्था कस्तो छ भनेर तत्काल चेकजाँच गर्नुप¥यो भने तीनदिन, चार दिनमा मात्र जनशक्ति उपलब्ध हुने अबस्था छ ।

गाउँठाउँको खाद्यान्न चेकजाँच गर्नुपर्यो भने त अलग कुरा ।
तसर्थ बजार अनुगमन असाध्यै सकारात्मक काम हो । सडक(सवारी) चेकजाँच पनि अति उपयोगी, फलदायी काम हो । यस्ता काम चाडबाडमुखी होइन, सँधै नियमित रुपमा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्