| बुधबार, अशोज ६, २०८३

हिम्मत र धैर्य भए स्वदेशमै रोजगारी

वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै मातृभूमिमा विभिन्न पेशा व्यबसाय गरेर सफल भएका धेरै उदाहरणहरु आजभोलि प्रकाशित, प्रशारित भएका छन् । यस्ता उदाहरणहरु धेरै युवाका लागि प्रेरक बन्न सक्छन् ।
त्यही काम स्वदेशमा नगर्ने, त्यही काम विदेशमा गएर गर्ने प्रवृत्ति धेरैमा पाइन्छ । यसले व्यक्ति स्वयंलाई पनि फाइदा गर्दैन, समग्रमा देशलाई पनि फाइदा गर्दैन । पसिना चुहाएर, आफूसंग भएको ज्ञान, सीप त्याग, तपस्या प्रयोग गरेर देशलाई माथि उठाउने काम आफ्नै धर्तीमा गर्नुपर्छ । यसले आफूलाई यसै राम्रो हुनेछ, आफन्तहरुलाई ाम्रो हुनेछ । त्यस्तै मुलुकलाई पनि फाइदा पुग्नेछ ।
बिना तालिम विदेशको भूमिमा गएर पशु जोतिए झैं जोतिनका लागि हाम्रा युवाहरु सक्सकाइरहेका छन् । यसले दीर्घकालीन फाइदा पनि गर्दैन, अल्पकालीन फाइदा पनि गरेको पाइन्दैन । पैत्रिक सम्पति अलपत्र बनाएर सिर्फ पैसाका लागि युवाहरु विदेशिएका छन् । विदेशमा पनि अपमान, दुव्र्यबहादुर र अन्ततः आत्माहत्याको शिकार बन्न समेत सफल भएका छन् । त्यसैले आफ्नो माटो, आफ्नो ठाउँ, आफ्नो थलोमा श्रम र सीप लगाएर व्यबसाय गर्नुपर्छ । यसले आफूलाई पनि अरुलाई पनि रोजगार बनाउँछ ।
सरकारले पनि वैदेशिक रोजगारमा गएर फर्केकाहरुलाई स्वदेशमै थेग्नका लागि कुनै त्यस्तो प्याकेज कार्यक्रम लागु गर्नुपर्छ जसले उनीहरुलाई देशभित्रै काम पुग्नेछ ।
विकास र संवृद्धिको नाफा फलाक्ने सत्ताधारी पार्टीले पनि सरकारलाई दबाब दिएर रल्लेर बसेका युवाहरुलाई काममा फर्काउने खालको कार्यक्रम ल्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्