श्याचेततर्फ बेलैमा पर्याप्त ध्यान दिउँ
आरुघाट गाउँपालिका १ श्यामचेतका बासिन्दा अहिले पहिरो आतंकमा छन् । जब छ बज्छ, उनीहरु खाना खाएर ओढ्ने ओछ्याउने बोकेर पल्लो गाउँको आफन्तको घर वा विद्यालय वा स्वास्थ्यचौकी वा कतै सुरक्षित बासस्थानतिर जान्छन् ।् १५० घरधुरी रहेको श्यामेचतका करिब १३५ घरधुरी यसरी नै रातको समयमा गाउँबाट बिस्थापित हुने गरेका छन् ।
बिगत एक महिनादेखि गाउँमाथिबाट पहिरो झरेको झर्यै छ । अहिले गाउँमा पहिरोले ल्याएको लेदो माटोले ढाकेको छ ।
पहिरो नियन्त्रणका लागि जिल्ला विपद व्यबस्थापन समिति र गाउँपालिकाले एकसय थान तारजाली लगाउने काम त गरे, तर बिहिबार झरेको पहिरोले गाउँका कतिपयको घरभित्र समेत भेलपानी पस्यो । यसरी गाउँलेहरु घर छोड्न बाध्य भएका हुन् ।
कुनै यस्तो दिन नआओस्, जुरेको पहिरो झै गाउँमाथि अजंगको पहिरो झरेर श्यामेचतबासीलाई पुर्ने खालको दिन नआओस् । यसका लागि पर्याप्त पूर्व तयारी अपनाउनु पर्छ ।
पूर्व तयारी अपनाउने विधिका बारेमा विभिन्न संघसंस्थाले तालिम प्रशिक्षण दिने गरेको छ । तर ती तालिमका सहभागी सम्भावित विपद पर्न सक्ने ठाउँको भन्दा पनि आम मान्छे जस्ता मात्र छन् । बिभिन्न पार्टीको सिफारिसमा(कोटामा) परेर तालिम लिएकाहरु भन्दा पनि अहिले बिभिन्न दूर दराजका बासिन्दा मर्कामा छन् । विपदको त्रासमा छन् । सम्भावित बिपद टाउकोमा थापेर बस्नु परेको छ ।
त्यसैले स्थानीय सरका, जिल्ला सरकार, रेडक्रस जस्ता सरकारी तथा सामाजिक संघसंस्थाले यसतर्फ प्रसस्त ध्यान दिनु जरुरी छ । विपद परेमा जोगाउने, जोगिने बारेमा पूर्वतयार रहनुपर्छ ।




