
राष्ट्रिय परिचयपत्र जस्तै सहज बनोस् राहदानी पनि
नेपाल त्यस्तै कृषिप्रधान देश हो, जहाँ न बिऊ, मल उत्पादन हुन्छ । उत्पादन नगर्ने मात्र होइन, यहाँका किसानले समयमा पर्याप्त बिउ र मल पाउँदैनन् ।
त्यस्तै अर्को कटु यथार्थ छ, नेपाल एक त्यस्तो देश हो, जुन रेमिटान्समा निर्भर छ, तर यही देशमा राहदानी बनाउन अतिशय सकस छ । कार्यालयभित्र पुगेपछिको सकस अर्कै होला, कार्यालयभित्र छिर्नुअघि भर्नुपर्ने फर्म पनि भर्न पाउँदैनन् । डेट लिनका लागि एउटा फर्म भर्न पाँचसय, एकहजार, पन्द्रसय तिरेर पनि पाउँदैनन् ।
सेवालाई चुस्त र आधुनिक प्रविधिमैत्री बनाउने हेतुले सरकारले एमआरपीबाट विद्युतीय राहदानी प्रणाली अपनायो तर पूर्वाधार नहुँदा राहदानी फर्म भर्न, फोटो खिचाउन जाने डेट लिनै सक्दैनन् ।
कुनै बेला राष्टिूय परिचय पत्रको फाराम भर्न यस्तै सकस थियो । बिहान पाँचबजेदेखि लाइन बस्नु पर्ने बाध्यता थियो । गाउँटोलमा अभियान टोली पुगेपछि कार्यालयमा सेवाग्राहीको भार कम भएको छ ।
गाउँटोलमा पुगेका राष्टिूय परिचयपत्रको फाराम भर्ने टोलीले गोरखाका दुईलाख ४९ हजार ५१ जनसंख्या गरेको गोरखामा एकलाख भन्दा बढिको राष्टिूय परिचयपत्रको फाराम भ¥यो । जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारी अनुसार विभिन्न वडामा परिचालित टोलीबाट मात्र एक लाख १५ हजार नौ सय ८७ जनाको परिचय पत्रको विवरण संकलन गरिएको छ ।
गोरखामा ७० प्रतिशत जनसंख्याको विवरण संकलन गर्ने उद्देश्य सहित साउन १५ गतेदेखि टोलीले विवरण संकलन कार्य सुरु गरेको थियो ।
मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको दायित्व महत्वपूर्ण छ । यदि यसलाई मूल आम्दानी बनाउने हो भने राहदानी बनाउन पनि सरकारले अत्यन्त सहज, सरल प्रभावकारी बनाउनु पर्छ । विदेशमा गएर रगत, पसिना बगाउनु त छँदैछ, त्यसअघि नेपालमै राहदानी बनाउन पनि कष्ट दिनु राम्रो हुदैन ।




