| बुधबार, अशोज ६, २०८३

बाढी पहिरोबाट बचौं, बचाऔं !

केहीदिनअघिको पहिरोले सहिद लखन गाउँपालिका ६ अँधेरीमा एकै ठाउँमा तीनजनाको ज्यान लियो । बिभिन्न ठाउँमा घर पुरिने, घाइते हुनेको संख्या पनि प्रसस्तै रह्यो । कैयौं पूर्वाधार विकासका संरचनाहरु पहिरोसंगै बगे, पुरिए । कैयौं घरहरु पहिरोको जोखिममा छन् ।
एकठाउँबाट अर्को ठाउँमा जाने बाटो बन्द भए, खानेपानीका स्रोत बन्द भए । गाईबस्तु चराउने, घाँसदाउरा गर्ने जंगल पनि बग्यो । हजारौं रोपनी जग्गाजमिन डुबे, बगे, बढारिए । प्रमुख खेतीको रुपमा रहेको धानखेती नै बगेपछि सयौं किसानहरु मर्कामा छन् ।
यो बर्ष अत्याधिक बर्षा भएको छ । यो बर्षको बर्षा पहिरो निम्त्याउने खालको पाइयो । त्यसैले यो बर्षको बर्षासंग धेरै नै साबधान रहनु पर्ने भएको छ । विशेषतः धार्चे गाउँपालिका गोरखाको जोखिम ठाउँमध्य पर्छ । भूकम्पको केन्द्रविन्दू पनि सोही ठाउँ हो । भूकम्पले थेचारिएर धेरै जमिन चिराचिरा परेको छ । त्यहाँ पानी पसेपछि जोखिम बढेको पनि छ ।
उत्तरी गोरखा जाने बाटोमा सडक निर्माण गर्ने क्रममा सेनाले बम ब्लास्ट गर्दा ढुंगा झर्ने समस्या पनि उत्तिकै छ । सडकभन्दा माथिबाट झरेको पहिरो र सडक नै तल पहिरिने समस्या पनि त्यति नै छ ।
त्यस्तै बर्षाका बेला धमिलो पानी, पानीको स्रोतमा हुने प्रदुषणका कारण रोग फैलन सक्ने सम्भावना पनि कम छैन । त्यसैले यो बेला धेरै नै संवेदनशील बेला हो । त्यसैले अति नै साबधानी हुनु जरुरी छ । यो परिस्थितिमा जोगिनु र जोगाउनु पनि पर्छ ।

प्रतिक्रिया दिनुहोस्