
दुर्गमको बाटो सधैको सास्ती
हरेक वर्ष पहिरोले बाटो अवरुद्ध भइरहदा उत्तरी गोरखाको साविकको सामागाउँ, ल्हो, प्रोक र बिही गाविसका बासिन्दाले निकै सास्ती भोग्नुपरेको छ । स्थानीयसँगै मनास्लु पदमार्ग गएका बिदेशी पर्यटकले ेपनि अहिले दुःख झेलिरहेका छन् ।
पर्यटकीय दृष्टिकोणले नेपालको प्रसिद्ध मनास्लु पदयात्रामा निस्केका पर्यटकहरु पनि बाटो राम्रो नहुदा निकै समस्या भोग्नुपरेको छ । चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४ र ५ का का गाउँमा सबैभन्दाबढि समस्या बाटोका कारण सिर्जना भएको छ । स्थानीय आउजाउ गर्न पाएका छैनन् । खाद्यान्न ढुवानी गर्न सकिएको छैन ।
भएको खाद्यान्न रित्तिदैँ जान थालेको छ । पहिरोका कारण गत असोज २३ गतेदेखि बाटो अवरुद्ध हुँदै आएको छ । स्थानीयले भ¥याङ राखेर बाटो खुलाउने प्रयास गर्दै आएका छन् । तर त्यो दिर्घकालिन समाधान होईन ।
लोक्पा र सर्दीभीरको पहिरोले वडा नं. ६ का करिब तीनसय घरधुरी र वडा नं. ७ छेकम्पारका करिब तीनसय घरधुरीका बासिन्दा नाकाबन्दी जीवन भोगिरहेका छन् । यो पहिरो गाउँपालिकाकै सबैभन्दा ठूलो पहिरो हो । अहिले पनि घरघरमा चामल, चिनी, नूनतेल सकिएको छ ।
खच्चड हिँड्न नसक्दा सो क्षेत्रका करिब १२ सय घरधुरीका १० हजार भन्दा धेरै बासिन्दालाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । तीन बर्षदेखि चिनियाँ नामबका पनि बन्द र तल्लो भेगको बजार क्षेत्रसित जोड्ने बाटो पनि अवरुद्ध हुँदा दैनिक उपभोग्य खाद्यबस्तु आपूर्ति हुन सकेको छैन ।
भौगोलिक बिकटताका कारण पनि यो समस्या दुर्गममा सँधै उस्तै छ । अहिले बेनिघाट आरुघाट लार्के सडकमा नेपाली सेनाले टूयाक खोलिरहेको छ । यो सडक स्थायी रुपमा संचालन हुन थालेपछि त्यस क्षेत्रका नागरिकलाई केहीहद सम्म राहत पुग्नेछ ।
भत्किएको पदमार्ग छिटो बनाउने, खच्चड हिड्न सक्ने बनाउने
हो भने सर्वसाधारणलाई निकै सजिलो हुनेछ । ठुला पहिरोहरु पनि जोखिम मोलेर मानिसले पन्छाउनुपर्ने हुँदा त्यहाँ तत्काल काम गर्न संभव नभएको हो ।
यस्ता ठुला बिपत्ती परेका बेला सहयोग गर्न वडा, पालिका, जिल्ला, प्रदेश र संघ सरकारले दुर्गम भेगकालागि छुट्टै योजना र रणनीति बनाउनु बेस हुन्छ । यसअघि निर्वाचत भइसकेको स्थानीय जनप्रतिनिधि र अव निर्वाचित हुने संघ र प्रदेशका सांसदले दुर्गमका जनताका समस्यालाई विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने देखिन्छ ।




