| बुधबार, अशोज ६, २०८३

लक्षित बर्गको बजेटको दुरुपयोग ?

दलित, आदिबासीजनजाति, मुस्लिम, मधेशी, महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवा, अल्पसंख्यक, पिछडिएका समुदायका लागि सरकारले निश्चित बजेट बिनियोजन गरेको हुन्छ । यो ब्यबस्था यसअघिको शासन व्यबस्थामा पनि थियो, अहिले पनि छ ।
दलित, अल्पसंख्यक, मुस्लिम, महिला पिछडिएका समुदायलाई उत्थान गर्न यो कार्यक्रमको ब्यबस्था गरिएको हो तर यो शीर्षकको बजेट प्राय सदुपयोग भएको पाइएको छैन । कसैले धारा बनाएर महिला लक्षित बर्गको बजेट सकेका हुन्छन् । कतै सडक बनाएर पिछडिएका समुदायको बजेट सकेका हुन्छन् । कतै प्रतिक्षालय, मसानघाट, किरियापुत्रीघर बनाएर त कतै विद्यालयका पूर्वाधार निर्माण गरेर लक्षित बर्गको बजेट सकेको पाइन्छ ।हालै गण्डकी गाउँपालिका ८ मा माझी उत्थान कार्यक्रमको बजेटले माझी समुदायलाई भोज भतेर गरेको घटना सार्बजानिक भएको छ । असार मसान्तमा भोज भतेरको बिल पास गर्न गाउँ कार्यपालिकाको कार्यालयमा आएपछि यो घटना सार्बजानिक भएको हो । उनीहरुले सो बिल पास गर्न सुँगर किनेको ४५ हजार रुपियाँको र भुटुन तथा मर मसला खरिद गरेको १० हजारको गरी ५५ हजारको बिल बनाएर ल्याएका थिए । सो बिल कर्मचारीहरुले पास गर्न आनाकानी गरेपछि दबाब पनि गरिएको थियो । तर बिल पास भएको छैन । गाउँपालिकाले बिल पास नगरेको भन्दै विज्ञप्ति जारी गरेको छ । सो घटना बारे मिडियाहरुमा समाचार आएपछि बिल त पास भएन, सूचना दिएको आरोपमा गाउँ पालिकाकी उपप्रमुख ललिता अधिकारीलाई माफी समेत मगाइएको थियो । यस्ता घटना दुखद हुन् । लक्षित बर्गको बजेट खर्च गर्ने कार्यविधि अनुसार नै खर्च गर्नुपर्छ । बजेटको सदुपयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्