| बुधबार, असार ९, २०८३

क्रसरलाई मापदण्ड चाहिँदैन ?

गोरखाका विभिन्न ३ वटा ठुला मानिएका क्रसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको टोलीले स्थलगत अनुगमन गर्यो । अनुगमन टोलीले कुनै पनि क्रसर उद्योग पनि पुरै मापदण्ड पुरा गरेको नभेटेको प्रतिक्रिया दिएको छ ।
गोरखकाली , माइ मनकामना र सिम्रन क्रसर उद्योगमा प्रशासनले अनुगमन गरेको हो । यि तीन अनुगमन गर्दा केही बढी मापदण्ड पुरा गर्ने सिम्रन क्रसर उद्योग देखियो । माइ मनकामना, जंगल भित्रै भएकोले मापदण्ड पुरा हुने कुरै भएन । सिम्रनले प्रजिअ लगायतको टोलीले मागेको कागजात सबै दियो । माइमनकामनाले केही मात्र दिन सक्यो भने गोरखकालीले कुनै पनि कागजात दिएन । क्रसरका साहुहरुलाई पूर्व जानकारी दिएर जाँदा समेत प्रजिअलाई नटेरेका क्रसरका साहुहरुले अरु नियमहरु त मान्ने कुरै भएन ।
गोरखकालीको स्वीकृत इजाजत देउरालीमा छ । उसले स्थानीय तहको आडमा छेपेटारमा क्रसर खोलेको छ । अर्काे कुरा उसले सडकको लागि लैजानुपर्ने सामाग्रीहरु विक्रि वितरण गरेको समेत पाइएको छ । ठेकेदारहरुलाई खबरदारी गरेर विकास निर्माणको कामलाई केही गति दिन सफल प्रजिअ अहिले अबैध क्रसरहरुलाई तह लगाउन लागि परेका छन् । यसखाले सकरात्मक काममा प्रजिअलाई राजनितिक दलले पनि साथ दिनुपर्छ । शनिबार मात्रै एक क्रसर उद्योगका प्रतिनिधीलाई नियन्त्रणमा लिएको भन्दै प्रजिअलाई ति ब्यक्तिलाई छुटाउन दबाब दिनेले सोच्नुपर्छ की अहिले निति बसालियो भने गोरखाको दिर्घकालिन विकासमा टेवा पुग्नेछ भने । क्रसरलाई मापदण्ड चाहिँदैन ?

प्रतिक्रिया दिनुहोस्