| सोमवार, कार्तिक २३, २०८३

बाढीपहिरो पिडित किसानलाई साथदेउ

बिहिबार रातभरको बर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा किसानले ठुलो क्षती ब्यहोर्नुप¥यो । सबैभन्दा धेरै क्षती पालुङटार नगरपालिका क्षेत्रमा भएको छ । वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगायो भने कयौँ घर जोखिमा छ । वडा नं. ९ मा मोटरेबल पुल बगायो भने हजारौँ रोपनी खेत बगर बन्यो ।

पालुङटार ६ कल्लेरीमा पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ । घरबास बिहिन भएपछि थापाको परिबार नजिकै त्रिपाल टाँगेर बसेका छन् । त्यहाँका आठ घर पहिरोले क्षतिग्रस्त छन् । धेरै स्थानीयलाई बाढी, पहिरोलो बिचल्लि बनाएको छ । खोला छेउका घर र खेतवारीमा क्षती पुगेको छ । चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा पु¥याएको छ । सो खोलाको बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करिब पैँतीससय रोपनी खेत बाढीले बगाएको छ । भित्र्याउने बेला भएको धान बाढीले सखाप बनाएपछि किसान निराश छन् । रोपाइँको तयारी भइरहेको फाँट बाढीले किसानको निदहराम भएको छ ।

किसानलाई परेको यो दुःखमा स्थानीय सरकारले साथ दिनुपर्छ । कृषि ज्ञान केन्द्र, किसानका लागि सघाउन खुलेका संघिय बिभिन्न आयोजना, इकाईहरु, मन्त्रालय, सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाले पनि तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्छ । बर्षात सुरु हुँदा यती ठुलो क्षती भएको छ भने नियमित वर्षातले थप जनधनको क्षती हुन सक्ने खतरा बढेको छ । त्यसैले यसतर्फ सबै सचेत हुनुपर्ने देखिन्छ । स्थानीय सरकारले किसानलाई आहात भएको यो समयमा साथ दिएर राहतको अनुभुती गराउनुपर्छ ।

अँबुवा, बिर्दी, सेरा सडकमा रहेको बिर्दीपुल चुती खोलाको बाढीले बगाएको छ । सडक ठाउँठाउँमा बगेको छ । पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको छ । धेरै ठाउँमा ग्रामिण सडक भत्किएको छ । भत्किएको सडक तत्काल मर्मत गरेर नियमित सवारी साधन चल्ने बनाउनुपर्छ ।

यसका लागि जिल्ला स्थित सरोकारवाला निकाय, प्रशासन, जिल्ला समन्वय समिति, संम्बन्धीत सडक आयोजना कार्यालय, स्थानीय तहहरु विषेश चनाखो सँगै प्रत्यक्ष संलग्न हुनुपर्छ । समस्या परिहालेमा तत्काल समाधान गर्न ति कार्यालय अग्रसर हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्