| सोमवार, कार्तिक २३, २०८३

महिला तथा दलित जनप्रतिनिधिको चुनौति

जनविश्वास पाएर नेता बन्नु कठिक कार्य हो । नेता बनिसकेपछि पनि विभिन्न पदका लागि चुनाव लड्न टिकट पाउन उत्तिकै कठिन छ । टिकटमा अनेक टिकडम हुन्छ । टिकडमबाट पनि पार पाएर टिकट पाएपछि चुनाव जित्नु झन कठिन ।
चाहे ठूलाबडा हुन् वा सामान्य व्यक्ति हुन्, हाम्रो समाजमा दलित समुदायलाई हेयका दृष्टिले हेर्ने कुसंस्कार अझै हटेको छैन । भाषण जस्तो व्यवहार नदेख्ने हामी साक्षी छँदैछौँ ।

यसै दलित तथा उत्पीडित समुदायबाट चुनाव लड्नु कठिन छँदैछ, त्यसमाथि पनि महिला, चुनाव जित्नु र सगरमाथा चढ्नु उस्तै कठिन छ । फलाना दलितका छोरा, फलानी महिलाले के सक्लान् र ? भनेर हेयका दृष्टिले हेर्ने कुसंस्कार अद्यापि छ ।

यस्ता चुनौतिका बाबजुद पनि आरुघाट गाउँपालिकाकी उपप्रमुखमा कल्पना नेपालीले सहज जीत हाँसिल गरिन् । एक पटक पनि होइन, दुई(दुई पटक । गोरखा नगरपालिकाको वडा नं. १३ को वडाअध्यक्षमा पनि मित्राकुमारी परियारले जीत हात पारिन् । पालुङ्टार नगरपालिका वडा नं. १ का वडाअध्यक्ष कृष्णबहादुर परियारले पनि दोस्रो कार्यकालका लागि समेत विजय हात पारे । सो क्षेत्रका बासिन्दाले उनलाई दोहो¥याएर रोजे । सोही नगरपालिकाका वडा नं. ८ को वडाअध्यक्षमा पनि होपबहादुर नेपालीले विजयी बने ।

उनीहरुमध्य अभिमत फरक फरक छ । कोहीले दलित, महिला भएकै कारण अवसर पाएको र सबैको मत जित्न सफल भएको अभिव्यक्ति दिएका छन् । कोहीले दलित भएकै कारण, महिला भएकै कारण टिकट पाउन र भोट पाउन पनि कठिन भएको प्रतिक्रिया दिएका छन् ।

अब जितिसकेपछि उनीहरुमा सामाजिक न्याय स्थापना गर्ने चुनौति छ । लैँगिक तथा जातीय भेदभावको जरो उखेल्नुपर्ने दायित्व उनीहरुमा छ ।
यसमा उनीहरु सफल बनुन्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्