| बुधबार, असार ९, २०८३

गरिब घर परिचय पत्रको आधारमा सेवा सुबिधा वितरण होओस्

सरकारले गरिबी निबारण कोष मार्फत गरिबी घरको पहिचान गरी परिचय पत्र बाँड्ने क्रम सुरु गरेको छ । पाँच बर्षअघि पहिचान गरे पनि ढिला गरी अहिले परिचयपत्र वितरण गर्न लागेको हो । ढिला गरे पनि काम राम्रो थालनी भएको छ । यसले अबदेखि गरिब घर परिबारको नाममा आएको सेवा सुबिधा अन्यले पाउने छैनन् । पहिलो चरणमा सरकारले गोरखा लगायत भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लाका गरिब परिवारलाई परिचय पत्र वितरण गर्ने जनाएको छ ।
नेपाल जीवनस्तर सर्वेक्षणले देशभर २५.४ प्रतिशत गरिबीको रेखामुनि रहेको प्रतिवेदन दिएको छ । गोरखाका पनि ५९ हजार घरधुरीमा १२ हजार घरधुरीका बासिन्दा गरिबीको रेखामुनि रहेको देखाएको छ । तिनलाई गरिब (तीन महिना मात्र खान पुग्ने), मध्यम गरिब (छ महिना मात्र खान पुग्ने), सामान्य गरिब (नौ महिना मात्र खान पुग्ने) को आधारमा वर्गीकरण गरिएको हो । प्रमाणित गरिबलाई अब आर्थिक, सामाजिक सुरक्षा प्याकेज बनाई शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतमा सहयोगका प्याकेज दिने सरकारी योजना छ । यसरी प्रमाणित गरिबलाई दिने सेवा सुबिधा अब उनीहरुको नाममा कसैले भोग चलन गर्न नपाओस् । अनि मात्र गरिब परिचय पत्रको मर्यादा हुनेछ । नत्र अहिलेसम्म एउटाको कोटामा अर्कोले सुबिधा लिने घटना पनि भइरहेका छन् । परिचय पत्रको आधारमा मात्र सेवा सुबिधाको बितरण होओस्, अनि मात्र परिचय पत्रको मर्यादा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्