स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई सबलीकरणको खाँचो
कतिपय मान्छे मेरो के कमी कमजोरी छ, औल्याइदेऊ न, भनेर सोध्छन् । ती बाठा हुन् । उनीहरुलाई औल्याइदिएको दोष, कमजोरी फेरि दोहो¥याउँदैनन् ।
तर कतिपयलाई भने नसोध्दा पनि तिमी यो यो पक्षमा कमजोर छौं, तिमीलाई सशक्तिकरणको आबश्यकता छ, यो यो पक्ष सच्याउनु पर्छ भन्यो भने पाच्य हुदैन । जान्ने हुने ?, बाठो हुने ?, सिकाउन खोज्ने ? भनेर निहुँ खोज्ने खालका हुन्छन् कतिपय । अर्बौ, खर्बौ मान्छे बीच यही त फरक छ ।
यहाँ कोट्याउन खोजिएको बिषय के भने स्थानीय तह गठन भएको एक बर्षमात्र भएको छ । स्थानीय तहमा विजयी जनप्रतिनिधि हाम्रै समाजका हुन् । हाम्रो समाज नयाँ सभ्यता सिक्दै छ । प्रगतिशील छ । प्रगतिको बाटोमा हिड्दा धेरै कुरा सिक्नु पर्ने हुन्छ । उनीहरुले धेरै भन्दा धेरै कुरा सिकेर दक्ष भए भने अहिले वडा सदस्यमा जितेकाहरु अर्को कार्यकालमा वडा अध्यक्ष बन्नेछन् । अहिलेका वडा अध्यक्ष अर्को पटकको गाउँपालिकाको अध्यक्ष हुनेछन् । अहिलेका गाउँपालिकाका अध्यक्ष प्रदेश सदस्य हुनेछन् , प्रदेश सदस्य संघीय संसद हुनेछन् । यसरी अगाडिको बाटो तय गर्नुपर्छ ।
अहिलेका स्थानीय तहका जनप्रतिनिधिले काम गर्दा गल्ती भएको छ । त्यस्तो गल्तीलाई ढाकछोप नगरी सच्याउनु पर्छ । ढाकछोपले भावी दिनमा पनि यस्तै काम गर्ने प्रेरणा दिन्छ । सच्याउँदा अर्कोचोटी देखि गल्ती दोहोरिँदैन । उनीहरुलाई सबलीकरण गर्न, सशक्तिकरण गर्न सरकारले पनि, संस्थाहरुले पनि बिभिन्न खालका तालिम, अभिमुखीकरण जस्ता कार्यक्रम गर्नुपर्छ ।




