| सोमवार, कार्तिक २३, २०८३

सर्वसाधारणको रोजाइ :चुनाव भन्दा हातमुख जोर्ने जोहो

नेपाली उखानात्मक प्रश्न छ नि, ‘भोक मिठो कि भोजन मिठो महाराज ?’ कार्यकर्ता छाडेर सर्वसाधारण नागरिकलाई सोधौँ न चुनाव महत्वपूर्ण कि, घरायसी काम ?

स्वभाविक रुपमा अनुमान गर्न सकिन्छ, उत्तर ‘घरायसी काम’ आउनेछ ।
यसको उत्तर धेरै हुनसक्छ । हातमुख जोर्न धौ(धौँ भएकाहरुको पहिलो प्राथमिकता हातमुख जोर्नु नै हुन्छ । अहिले पनि गाउँघरमा भोट कसलाई ? भनेर सोध्ना जसले हामीलाई हेर्छ उसलाई भन्छन् । यसको आशय सहजै अनुमान गर्न सकिन्छ ।

निर्वाचनको महत्व नबुझ्दा पनि सर्वसाधारणले चुनावलाई प्राथमिकता नदिएका हुन् । चुनाव भनेको शासनसत्ताको वाग्डोर गर्ने व्यक्ति(अर्को शव्दमा भन्नुपर्दा शासक) चुन्ने लोकतान्त्रिक पद्धति हो । असल शासक चुनियो भने व्यवस्था र अबस्था पनि असल हुन्छ भन्ने सामान्य चेत भएको भए पनि उनीहरुले जम्मा एकदिन घरायसी काम भन्दा शासक चुन्ने कामलाई छुट्याउँथे । तर उनीहरुले चुनावलाई दिने समय अत्यन्त बाध्यात्मक भन्ने मात्र ठानेका हुन्छन् । त्यसैले सकेसम्म छार्न र छल्न चाहन्छन् ।

दुर्गम गाउँहरमा चुनावको त्यति रन्को छैन । त्यसैले उनीहरु चुनावको दिनमा समेत नफर्कने गरी यार्सागुम्बा टिप्न गएका छन् । अधिकांश उनीहरुसित मतदाता परिचयपत्र छैन । मतदाता परिचय पत्र बनाउने बेला पनि उनीहरु यार्सागुम्बा टिप्न लेक गएका थिए । कर्मचारीहरु घरमा भेटिएका बुढाबुढीको मात्र परिचय पत्र बनाएर फर्किएका थिए ।

जुन बुढाबुढी अधिकांशको मृत्यू भइसकेको छ । यसपटक पनि मतदाता परिचय पत्र बनाउन गाउँपालिकाको केन्द्रसम्म नगएका त होइनन्, तर उनीहरुको गाउँबाट गाउँपालिकाको केन्द्र पुग्न तीन दिन लाग्थ्यो । यति दुख गरेर उनीहरु परिचयपत्र गर्न गएनन् ।
त्यसैले सर्वसाधारणमा चुनावको महत्व बुझाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्