| बुधबार, अशोज ६, २०८३

दिवस मनाएर धानको उत्पादन बढ्दैन

केहीदिनअघि देशभरि भव्यताका साथ धान दिवस मनाइयो । राष्ट्रिय कार्यक्रमलाई बिभिन्न संघसंस्थाले सहयोग गरे । गोरखामा पनि बिभिन्न ठाउँमा अलग अलग कार्यक्रम गरी धान दिवस मनाइयो । धान नेपालको मुख्य बाली हो । त्यसैले पनि यसको दिवस मनाउन बिभिन्न संघसंस्थाहरुले सघाएका हुन् ।
धान दिवस बिभिन्न हाइप्रोफाइलहरु पनि हिलोमा पसे । हिलोमा उत्रिएको तस्वीर खिचाए । सामाजिक सञ्जालमा पोष्ट गरे । कतैकतैका किसानहरु यिनै हाइप्रोफाइलहरुलाई खेतमा पाएर दंग भए होलान् । तर धान दिवस मनाएर मात्र धानको उत्पादन बढ्ने होइन । धानको उत्पादन बढाउन त कृषि उत्पादन बढाउने खालको कार्यक्रम गर्नुपर्छ । किसान जस्तो देखिने लाई नभै बास्तबिक किसानलाई सहयोग गर्ने, प्रोत्साहन गर्ने कार्यक्रम गर्नुपर्छ ।
कृषि उत्पादन गर्ने किसानले भन्दा बिचौलियाले चैन गर्ने नीतिका अन्त्य गर्नुपर्छ । सहयोग सामग्री, अनुदान, ऋण सहयोग बास्तविक किसानले पाउनुपर्छ नकि किसान जस्तो बन्नेले ।
केहीबर्षअघि कृषिमन्त्रीले धान दिवस मनाउँदा अभद्र ब्यबहार गरेबापत मन्त्री पद खुस्किएको थियो । यो बर्षपछि कतिपय ठाउँमा गमलामा धान रोपेका तस्वीरहरु देख्नमा आए । यसरी औपचारिक तामा धान दिवस मनाउनु भन्दा किसानको मन छुने खालको काम गरेर दिवस मनाउनु बेस हुन्छ ।
किसानलाई राहत पुग्ने खालका कार्यक्रम घोषणा गरेर मनाउँदा पनि बास्तविक किसानमुखी धान दिवसको अनुभूति हुनेथियो ।

प्रतिक्रिया दिनुहोस्