बिपतको पूर्व तयारीको खाँचो
बर्खा लागेसंगै जिल्लाका बिभिन्न ठाउँमा पहिरोका समाचारहरु आएका छन् । विशेषगरी उत्तर जाने सडकको बेहाल भएको छ । त्यस्तै पदमार्ग पनि पहिरिएका छन् ।
जिल्ला बिपत ब्यबस्थापन समितिले बर्खा अघि नै विपतको पूर्व तयारीका लागि पटक पटक बैठक सम्पन्न गरेको छ । बिभिन्न निर्णयहरु गरेको छ । बुधबार पनि बैठक गरी जिल्लाभरिको बाटोको अबस्था, राहत तथा उद्धार सामग्रीको अबस्था अद्यावधिक गर्ने निर्णय गरेको छ । गोरखा जिल्ला केरौंजा, लाप्राक जस्ता जोखिम गाउँहरु छन् । केही घण्टा निरन्तर झरी परेमा पहिरो जान सक्ने ठाउँहरु छन् । त्यस्ता ठाउँहरुको पहिचान गरी त्यस्ता ठाउँमा विपद परेमा कसरी राहत उद्धारको काम गर्न सकिन्छ भनेर पूर्व तयारी गर्नुपर्छ ।
प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि सरकारले तत्कालीन र दीर्घकालीन दुवै थरी रणनीतिहरू अपनाउन आवश्यक छ । दीर्घकालका लागि जोखिम स्तरीकरण अध्ययन गर्नेदेखि पहाडका नांगा डाँडामा रूख लगाउनेसम्मका कार्य गनुपर्छरु । विकास निर्माणमा वातावरणीय विनाशको पक्ष ख्याल गर्न पनि उत्तिकै जरुरी छ ।
त्यस्तै, पहिरोको जोखिममा रहेका बस्तीहरू अन्यत्र सारिनु पर्दछ । तत्काल र दीर्घकाल दुवै दृष्टिले यस्ता बस्ती हटाउनुपर्ने हुन सक्छ । निश्चय नै यो काम कठिन हो, तर दुई तिहाइ बहुमतको सरकारसँग इच्छाशक्ति भएमा असम्भव चाहिँ होइन ।
अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष, विपद्ले क्षति निम्त्याउन सुरु गरिसकेकाले पूर्वतयारीलाई तीव्र प्राथमिकता दिइनुपर्छरु। बाढी पहिरोको पूर्वसूचना कसरी हुन्छ सकेसम्म धेरै नागरिकलाई पुर्रुयाउने व्यवस्था गर्नुपर्छ । साथै, उद्धार तथा राहत वितरणका लागि निजामती प्रशासन, सबै सुरक्षा निकाय र स्वास्थ्य संस्थाहरूसमेतलाई तम्तयार राख्नुपर्छ ।




