| बुधबार, अशोज ६, २०८३

बिभिन्न खानीहरुको पहिचान र उत्खननलाई जोड दिनुपर्छ

गत शनिबार पालुंटार नगरपालिका ८ का वडा कार्यालयले आफ्नो वडा क्षेत्रभित्र रहेको तामा खानीको पहिचान गर्न, उत्खनन गर्न र उजागर गर्नका लागि एक कार्यक्रमको आयोजना ग¥यो । वडा नं. ८ धुवाँकोट क्षेत्रमा ८० बर्षअघि तामा उत्खनन हुने गरेको तथ्य भेटिएको छ । अहिले खानी सुसुप्त अबस्थामा छ ।
यस्तै तामाखानी स्वाँराको ग्याजीमा पनि छ । धुवाँकोटमा भन्दा ग्याजीमा ठूलो खानी हुनसक्ने अनुमान गरिएको छ । यसको अबस्था पनि सुसुप्त नै छ ।
जिल्लामा अरु खानी पनि हुनसक्छन् । सबै खानीको उत्खनन गर्ने हो भने हाम्रो जिल्ला मात्र होइन, यस क्षेत्र र देश ने संवृद्ध हुनसक्छ । हामीसंग अथाह स्रोतहरु छन् तर तिनको परिचालन नभएर विकासबाट बिमुख भइरहनु परेको छ ।
प्रदेश नं. ४ का मुख्य मन्त्रीले सँधैको भाषणमा यहाँका खानीहरु उत्खनन गर्ने घोषणा गर्दै आएका छन् । मुस्ताङको युरेनियमदेखि नूनखानीसम्म उत्खनन गर्ने उनको घोषणामा छ । हाम्रा जनप्रतिनिधिहरु ले मुख्यमन्त्रीसम्म यहाँको तामा खानीको जानकारी पु¥याउनु पर्छ । अनि उनको कार्यक्रम भित्र पार्नुपनि पर्छ ।
प्रदेश सरकारले नसके संघीय सरकारले भनेपनि यस्ता खानीहरुको उत्खनन गर्नुपर्छ । यसलाई उनीहरुसम्म पु¥याउने काम चाहिँ जनप्रतिनिधि र जिल्ला सरकारले गर्नुपर्छ ।
८० बर्षसम्म सुसुप्त बसेको खानीलाई अझै कति सुसुप्त बनाउने ? त्यसैले यसको बारेमा बिभिन्न ठाउँमा पु¥याई उत्खनन, प्रशोधनको प्रवन्ध मिलाउने पहलका लागि जुट्नुपर्छ । यसले संवृद्धि ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्