| बुधबार, अशोज ६, २०८३

गोरखामा अझै नयाँ पदमार्गको खोजी गर्नुपर्छ

धार्चे गाउँपालिका १ ले वडाको बजेट खर्च गरी गणेश हिमालसम्म पुग्ने नयाँ बैकल्पिक पर्यटन पदमार्गको खोजी गरेको छ । धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ, वडाअध्यक्ष दिलिप गुरुङसहितको टोलीले यारुबगरदेखि चारदिन पैदल हिडी नयाँ पदमार्गको खोजी गरेका हुन् ।
भलै बाटो ज्यादै जोखिम छ, उनीहरुले नयाँ पदमार्ग पत्ता लगाएका पनि छन् । सो बाटोलाई मर्मतसम्भार गर्दै गणेशहिमालसम्म पदमार्ग विकास गर्नु ज्यादै वान्छनीय हुन्छ । सोती, लापुवेशी, माछाखोला हुदै अहिले मोटरबाटो निर्माण हुदैछ । मोटरबाटो निर्माण सम्पन्न भएपछि यो पदमार्गमा मोटर कुद्नेछ अनि पदमार्गको अस्तित्व मेटिनेछ । यो दिन आउन धेरै छैन । त्यसैले अब पर्यटनक्षेत्रमा ह्रास आउन नदिन र गोरखाको पर्यटन क्षेत्रमा थप विकास गर्न यस्ता बैकल्पिक मार्गको धेरैभन्दा धेरै खोजी र प्रवद्र्धन गर्नैपर्छ ।
यो बर्ष भर्खरै प्रवद्र्धन गरिएको रुपिनाला पास गर्ने पर्यटकको संख्या बढेको छ । बुढीगण्डकी किनारमा मोटरबाटो बनेपछि झन रुपीनाला पास पदमार्गमा पर्यटकको संख्या ह्वात्तै बढ्नेछ । सो मोटरबाटोमा गाडीको धुलो खाँदै हिड्ने पर्यटकहरु अर्मला, मान्बु, काशिगाउँ, केरौंजा हुदै हिड्नेछन् । यारुबगर, गणेश हिमाल बेसक्याम्प, चुमभ्याली, नुब्रीभ्याली हुदै हिड्नेछन् । अझै यस्ता पदमार्गको खोजी हुनुपर्छ । अन्यथा यहाँका पर्यटकहरु भर्जिन टूेकिङ रुट खोज्दै अन्य जिल्लातिर भड्किनेछन् । पर्यटन ब्यबसायको उन्नती गर्न पर्यटकमैत्री वातावरण तयार गर्नुपर्छ । पर्यटनमैत्री वातावरणको संरक्षण र विकास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्