उत्तरी गोरखा जोड्ने रुटका चौकीहरु बढि नै सजग बनुन्
उत्तरी गोरखा हुदै बिभिन्न वैध, अवैध जडिबुटीहरु राजधानी वा भारततिर निकासी हुने गरेका छन् । कतिपय बैध, अवैध जडिबुटीहरु तल्लो क्षेत्रहुदै उत्तरी गोरखा र तिब्बत जाने गरेका पनि छन् । बिगत केही बर्षको प्रहरीको रेडर्क हेर्ने हो भने यस्ता अवैध सामान बरामद भएका धेरै उदाहरण भेटिन्छन् ।
करिब तीन अर्ब रुपियाँ पर्ने चिरुको रौं पनि आर्खेतबाट बरामद गरिएको हो । अखेटोपहार पनि पटक पटक बरामद भएका छन् । नक्कली भारु पनि बरामद भएका हुन् । अबैध रुपमा निकासीलागि लगिएका गाई गोरु पनि सिर्दिबासको जगत चौकीबाट फर्काइएका घटना प्रसस्त छन् ।
लार्के प्रहरी चौकी भनेर तीन गाविस वर प्रोकको नाम्रुङमा स्थापना गरिएको छ । छेकम्पार सीमा प्रहरी चौकी भनेर छेकम्पारको सबैभन्दा तल्लो भेगमा राखिएको छ । जुन ठाउँलाई लक्षित गरी चौकी सिफारिस गरिएको हो, त्यहाँ राख्न नसकेपनि कम्तीमा सीमानामा पर्ने वडा (साबिकका गाविस)मा त हुनुपर्ने हो , त्यस्तो हुन सकेको छैन ।
अवैध सामान ओसारपसारमा निगरानी गर्न विशेष गरी जगत बढि संवेदनशील स्थल हो । यहाँको प्रहरी चौकीले चाहेमा कुनै पनि अवैध सामान पार गर्ने सम्भावना रहँदैन । त्यसपछिको महत्वपूर्ण चौकी माछाखोलामा छ । त्यो भन्दा तल आइसकेपछि त दायाँ बायाँ बाटोबाट छल्न सक्छन् । तैपनि आरुघाट इप्रकाले जति बरामद गरेको छ, प्रसंसनीय नै छ ।
यसलाई पर्याप्त नमानी उत्तरी गोरखा जाने ठाउँमा पर्ने प्रहरी चौकीहरुको अझै बढि सक्रियता भयो भने यो भन्दा धेरै सामान बरामद गर्न सक्छ । तस्करी नियन्त्रण गर्न सक्छ ।




