| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ गरौँ

कोरोना संक्रमणका कारण बन्द रहेका विभिन्न कार्यालय, पसल, उद्योग, संघ, संस्थाहरु धमाधम खुल्न थालेका छन् । मनकामना मन्दिर, गोरखकाली, गोरखनाथ मन्दिर, केवलकार, सार्वजनिक सवारी साधन पनि धमाधम खुलिरहेका छन् ।


व्युटिपार्लर, सैलुनहरु पनि खुल्ला हुन थालेका छन् । देशी, विदेशी पर्यटक पनि आउन सुरु गरेका छन् । यतिबेला मनास्लु हिमाल आरोहण गर्न आउनेहरु सामागाउँमा खचाखच छन् ।


यसले गर्दा उद्योगी, व्यापारी, व्यवसायीहरुको आर्थिक अबस्था चलायनमान हुन सुरु भएको छ । चाडबाड नजिकिँदै गर्दा व्यापार, व्यवसाय सुचारु हुँदा व्यापारी, व्यवसायीहरु उत्साहिन भएका छन् । व्यापार, व्यवसायबाट पलायन हुने अबस्थामा पुगेकाहरुमा पनि केही राहत महशुस हुन थालेको छ ।


तर जसरी सबैतिर खुल्ला भएको छ, त्यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा पनि कडाइ अपनाउनु पर्छ । तपाईँको मास्क खोई जस्ता अभियानलाई बेलाबेला सञ्चालन गर्नुपर्छ । बिना मास्क हिडडुल गर्ने तथा काम काजमा कार्यालय जानेहरुलाई सतर्क, सचेत, सजग गराउनु पर्छ । खुल्ला छोडिदिए लापार्बाही बढ्छ । बरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन केही समय कडाइ गरियो भने बानीको रुपमा विकास हुन्छ ।


कडाइ अभियानका लागि जनशक्ति तथा बजेट केही बढि खर्च हुन सक्छ । संक्रमण फैलियो भने पनि आखिर त्यसलाई नियन्त्रणका लागि अपार खर्च त भइहाल्छ । त्यो खर्च भन्दा यसलाई समुदायमा फैलनै नदिनका लागि गरिने गरिने खर्च धेरै प्रभावकारी हुन्छ । कम्तिमा यसले समुदायलाई बिक्षिप्त पार्न त पाउँदैन । मान्छे बिरामी, रोगी हुनु त पर्दैन ।


तसर्थ महामारी फैलिएपछि नियन्त्रण गर्न गरिने लगानी भन्दा महामारी फैलनै नदिन गरिने लगानी प्रभावकारी हुनेहुँदा त्यसतर्फ जोड दिनुपर्छ । भीडभाड हुने ठाउँमा निगरानी बढाऔँ, स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न लगाऔँ ।

प्रतिक्रिया दिनुहोस्