| सोमवार, कार्तिक २३, २०८३

संक्रमण ब्यापक हुन नदिन चेनब्रेकको खाँचो

गोरखामा संक्रमणदर ब्यापक छ । मानिसको भिडभाड हुने सबै क्षेत्र खुल्ला छ । मास्क लगाउन भन्न प्रहरी परिचालन गर्नुपरेको छ । यस अघिपनि कडाईका साथ निषेधाज्ञा गरेको समयमा संक्रमणदर घटेको थियो । स्थानीय तहले चेकजाँचलाई तिब्रता दिएका थिए । सर्व साधारण सचेत थिए । प्रशासनले संभावित जोखिम क्षेत्र बन्द गराएको थियो भने निग्रानी पनि बढाएको छ ।
अहिले जोखिम बढेको छ भने सुरक्षाका उपाए अबलम्बन गर्ने प्रवृत्ती मानिसमा घटेको छ । निषेधाज्ञा पुरै खुलेको छ । सबै क्षेत्र खुल्ला छन् । मानिसको भिडभाड छ । दैनिक जाँच गरेका मध्ये ३० प्रतिशत भन्दाबढिलाई कोरोना पोजेटिभ देखिएको छ । एउटै पालिकामा सक्रिय संक्रमित दुई सय नाघिसके ।
जहाँ मानिसको भिडभाड धेरै छ त्यस्ता ठाउँमा काम गर्नुपर्ने वा जानेहरु नै संक्रमित भएका छन् । दिनदिनै संक्रमणदर बढ्दो छ । जति संक्रमित थपिएका छन् गोरखामा प्रशासनले अपनाउनुपर्ने जती रणनीति अबलम्बन गरेको छैन ।
गृहमन्त्रालयले जिल्लाको अवस्था हेरेर निषेधाज्ञा लगाउन सक्ने वा कुन प्रकारको रणनीति लिने भन्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । तर गोरखा प्रशासन यतिबेला कडाई गर्न चुकेको छ । प्रशासकहरु तालुकदार अड्डान गृह मन्त्रालयको जागिरमा जस्तै बफादार नागरिकको जिबन रक्षाका निम्ती पनि हुनुपर्छ र स्थानीय आवश्यकता अनुसार बिवेक प्रयोग गर्नुपर्छ । अबजसको डरले संक्रमण भयावह हुने अवस्था आउन दिनुहुँदैन ।
गोरखामा यस अघिको अभ्यासमा पनि निषेधाज्ञामा गरिएको कडाईले कोरोना संक्रमणदर घटेको हो । अहिले पनि बढ्दो संक्रमणदर घटाउन रणनीतिक रुपमा निषेधाज्ञाको मोडालिटी बनाउन सकिन्छ । बन्द हुँदा धेरै क्षेत्रमा नकारात्मक असर पुग्छ तर त्यसो भन्दैमा आम नागरिकलाई बाच्न पाउने अधिकारबाट बञ्चित गराउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्