अस्पताललाई सुदृढ र सम्पन्न बनाऊ
गोरखा अस्पताल जिल्लाकै ठूलो अस्पताल हो । सदरमुकाममा रहेकाले यहाँ ११ वटै पालिकाका बिरामी उपचार सेवा लिन आउने गर्छन् । यस कारण यस अस्पताल आम जिल्लाबासीको आस्थाको केन्द्र हो ।
सबैको साझा सम्पदालाई प्रवद्र्धन गर्नु सबैका सराखेर हेरेन । त्यसैले अस्पतालले यो अबस्था गुजारिरहेको छ ।
अस्पताललाई नगरपालिका माताहत राखेर स्थानीय तहका जनप्रतिनिधिले हाँक्ने भयो भने सुधार हुन्थ्यो कि ? प्रयोग गर्दै आएको अभ्यासले काम नदिने भएपछि विभिन्न नयाँ विकल्प अपनाउनु पर्छ ।
सक्षम जनप्रतिनिधि भ एभने अस्पतालमाथि प्रत्यक्ष निगरानी हुनेछ, नियमित भएको, अनियमितता भएको बारे जनप्रतिनिधिले नजिकैबाट अवलोकन गर्नेछन् । अस्पतालमा पैदा हुने साना ठूला सबै खाले समस्या सीघ्र समाधान गर्न पनि सफल हुनेछन् ।




