| सोमवार, कार्तिक २३, २०८३

यो अबस्थालाई नजरअन्दाज नगर

कोभिड संक्रमण दर यसअघि(बैशाख, जेठमा) झै बढिरहेको छ । बिहिबार एकैदिन एकसय ३५ जना संक्रमित थपिएका छन् । यो दर यसअघिको उत्कर्षको बेला जत्तिकै हो ।
संक्रमण दर बढिरहे पनि मास्क नलगाउने, भीडभाड गर्ने, सेनिटाइर प्रयोग नगर्ने क्रम भने बढिरहेको छ । सार्वजनिक यातायात सञ्चालित छन्, होटल, रेष्टुरेण्ट प्रसस्त खुलेका छन् । यसले कोरोना संक्रमण फैलिएर डरलाग्दो अबस्था सिर्जना हुने संकेत गर्दैछ ।
यसअघि(वैशाख, जेठ)मा कडा निषेधाज्ञा थियो, स्वास्थ्य मापदण्ड पालनामा कडाइ थियो र फैलावटमा न्यूनिकरण थियो । तर अहिले अबस्था उल्टो छ । कोरोना बढिरहेको छ तर स्वास्थ्य मापदण्ड कुल्चिने, असावधानीपूर्वक गतिविधि गर्ने क्रम असीम बढिरहेको छ ।
यो अबस्थालाई नजरअन्दान गर्नु हुदैन ।

यसले भयावह अबस्थाको सिर्जना गर्ने निश्चित छ । जटिल अबस्था आएपछि संवेदनशील भएर पनि, पछुताएर पनि अर्थ रहँदैन । बरु जटिल अबस्था आउन नदिनका लागि अहिले नै स्वास्थ्य मापदण्ड पालना गर्न नरम खालको बल प्रयोग गर्नु वुद्धिमानी हुन्छ ।
यो बेला निषेधाज्ञाकै हो, तर सडकमा हेर्दा निषेधाज्ञाको कुनै नाम, निशान देखिदैन । मान्छेहरुमा स्वेच्छाचार बढ्दै गएको छ । अविवेकी भएर बढ्दै गएको स्वेच्छाचारलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुको विकल्प छैन ।
तसर्थ डिसिसिएमसीले अबस्थालाई गम्भीर अध्ययन गरेर बेलैमा संवदनशील निर्णय गर्नु उचित हुन्छ अन्यथा मुतिसक्यो, दैलो देख्यो भन्ने उखान चरितार्थ हुन्छ । डिसिसिएमसीले पनि अबस्थालाई नजरअन्दाज नगरी सही निर्देशन गर्नसक्नुपर्छ ।
बजार खुलाउनै छ भने पनि, यातायातै सञ्चालन गरे पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ प्रयोग गरौँ । भयावह अबस्था आउनबाट रोकौँ ।

प्रतिक्रिया दिनुहोस्