कोभिड बढ्यो, थप सतर्कताको खाँचो
स्मार्ट लकडाउनको प्राक्टिस जब सुरु भयो, कोभिड संक्रमण दर तब बढ्न थाल्यो, यो अनपेक्षित थिएन । खुकुलो हुदै गएपछि कोरोना संक्रमण दर वृद्धि हुन्छ भन्ने प्रक्षेपण सर्वसाधारणको पनि थियो ।
बिहिबार एकै दिन शहीद लखन गाउँपालिका ८ छापथोकमा २५ जनाको स्याम्पल टेस्ट गर्दा २३ जनामा पोजेटिभ देखियो, जुन स्तम्भ भयावह हो ।
बुंकोटको छापथोकमा मात्रै के छ त्यस्तो संक्रमित धेरै हुनुपर्ने ? परीक्षण बढाउँदै लग्यो भने जिल्लामा अन्यत्र पनि धेरै छापथोकहरु छन् ।
कोरोनाको औषधीको शोध, अनुसन्धान भइरहेको हुनसक्छ, नतिजा केही आएको छैन । खोप त पत्ता लाग्यो, यसको काम रोकथाम हो, उपचार होइन । त्यसमाथि पनि पर्याप्त छैन । त्यसैले ढुक्काढुक्की भएर हिडडुल वा कामकाज गर्ने बेला अझै भएको छैन ।
कोरोनाबाट बच्ने अहिलेसम्म पत्ता लागेको विधि भनेको नै सुरक्षित रहनु हो । भौतिक दुरी कायम गर्ने, मास्क लगाउनु, नियमित हात धुनु(सेनिटाइजर लगाउनु), तातोपानी, लेमनपानी, बेसारपानी आदि । रोकथामको उपाय हो ।
लागिसकेपछि बाँच्नु संयोगको कुरा हो, नत्र कुनै निश्चितै छैन, न बल प्रयोग गरेर हुनु, न वुद्धि प्रयोग गरेर हुनु ।
जब असारमसान्त लाग्यो, तब कार्यालयहरुको बिल भरपाई फस्र्यौटको चटारो भयो । त्यसैले निषेधाज्ञालाई केही खुकुलो गरी काम कारबाही अघि बढाउनु पर्ने भयो, नगरौँ राष्टिूय अर्थतन्त्र, विकास निर्माणको काम दुश्प्रभावित हुने डर भयो, त्यसैले निषेधाज्ञा केही खुकुलो गरी व्यवहारिकता हेरी काम निरन्तरता दिने काम भयो । यसले कोरोना बढिरहेको सही, सत्य हो । यस्तो अबस्थामा कतिपयले साउन लागेपछि लकडाउनमा कडाइ हुनसक्ने अनुमान गरेका छन् । अनुमान सत्य सावित हुन पनि सक्छ ।




