| सोमवार, कार्तिक २३, २०८३

चामल राहतस्वरुप २० प्रतिशत छुट गर्नु श्रेयष्कर

नेपाल सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत गोरखा लगायतका जिल्लाहरुमा २० प्रतिशत सहुलियत मूल्यमा चामल उपलब्ध गराएको छ । गत २३ गतेदेखि सरकारले कूल मूल्यको २० प्रतिशत छुटमा चामल उपलब्ध गराइरहेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी देशका सबै जिल्लाहरुमा छैनन् ।

यसअघि नेपाल खाद्य संस्थान नामले काम गरिरहेको सो कम्पनी केही बर्षदेखि नाम परिवर्तन गरेर कम्पनीको रुपमा काम गरिरहेको छ । यसले गोरखाको दुर्गम भेगमा ढुवानी सहुलियतमा चामल उपलब्ध गराउने काम गर्छ ।
विशेषतः धार्चेको माछाखोला र चुमनुब्रीको फिलिम डिपोबाट ढुवानी सहुलियतको चामल सदरमुकामकै भाउमा उपलब्ध गराउने गर्छ ।

यसअघि माछाखोला पुग्न आर्खेतबाट दिनभर पैदल हिड्नुपथ्र्यो । त्यतिबेला खच्चडमा ढुवानी गरेर लगेको चामलको भाउ माछाखोलामा पनि चर्को थियो तर अहिले परिस्थिति बदलिएको छ । माछाखोलासम्म सडक सुविधा छ, व्यापारीले विभिन्न मूल्यका चामल उपलब्ध गराउँछन् । त्यसैले कम्पनीको चामल रोजाइमा पर्ने गर्दैन । तर फिलिममा अहिले पनि खाद्यको चामल भाग पु¥याएरै नसक्ने छ ।

अबको एकबर्षमा सिर्दिबाससम्म गाडी चल्छ । त्यसपछि अहिलेको माछाखोलाको जस्तो अबस्था फिलिममा पनि हुनेछ । त्यतिबेला खाद्य डिपो नाम्रुङ, सामागाउँ र छेकम्पारमा स्थापना गर्नु श्रेयस्कर हुन्छ । अहिले पनि माछाखोला डिपो स्थानन्तरण गरी नाम्रुङ लानु कति हो कति आवश्यक छ ।
जहाँ जे को खाँचो छ त्यसलाई त्यही परिपूर्ति गर्नुपर्छ । आवश्यक नभएको ठाउँमा राख्दा त्यो मूल्यहिन हुन्छ ।

अर्थात खाद्य डिपोको खाँचो नाम्रुङमा जति छ, माछाखोलामा छैन भने यहाँ किन राख्नु ?
सरकारले अहिले कोरोना र निषेधाज्ञाका कारण भन्दै डिपोमार्फत २० प्रतिशत सहुलियतमा चामल उपलब्ध गराएको छ । कोभिड राहतस्वरुप यसरी उपलब्ध गराउनु श्रेयस्कर नै छ ।

प्रतिक्रिया दिनुहोस्