| सोमवार, कार्तिक २३, २०८३

टोलटोलमा सचेतना आवश्यक

गोरखामा कोरोना संक्रमण दर बढ्दो छ । पहिलो लहरको कोरोनाका समयमा संक्रमण पुष्टि भएपछि सिधै आइशोलेसन, क्वारेन्टिनमा राखिन्थ्यो । अहिले संक्रमित भएकालाई होम आइशोलेसन बस्न दिइएको छ । पिसिआर जाँचका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदा सम्म एक्लै बस्थे । त्यसको निग्रानी टोल(टोलमा समुहले गर्थे । जनप्रतिनिधि खटिन्थे । एकअर्को घरका छिमेकीले पनि सचेत गराउँथे ।


तर अहिले दोस्रो लहर चलिरहँदा अवस्था यस्तो छैन । गोरखाको भिमसेन थापा गाउँपालिकामा एकै वडाका एक सय ५० भन्दाबढिलाई संक्रमण पुष्टि भयो । आरुघाट, शहीदलखन, गोरखा नगरपालिका, पालुङटार क्षेत्रमा संक्रमणको दर ब्यापक भएको छ ।


कोरोनाको संका लागेपछि मानिस तत्काल पिसिआर जाँच गराउन स्वाब दिँदैनन् । स्वाब दिए भनेपनि एकान्तबास बस्नै खोज्दैनन् । गाउँघरमा खुलेहाम हिडडुल गर्छन । पिसिआरको रिपोर्ट एक हप्ता सम्म आउँदैन । कोठा भित्र एकै नबसेर गाउँ डुलेका ब्यक्तिको अन्ततः रिपोर्ट पोजेटिभ आएको छ । कन्ट्याक्ट टूेसिङमा परेका ५० देखि ७० प्रतिशत मानिसको रिपोर्ट पोजेटिभ आइरहेको छ ।


कोराना ग्रामिण भेगमा द्रुत गतीमा फैलनुको पछाडीको मूख्य कारण मानिसहरुको हेलचेक्राई हो । बिबाह, ब्रतबन्ध, भोजभतेर हुन छाडेको छैन । दोस्रो लहर सुरु भए लगत्तै धेरै पुजाआज, भोजभतेर गाउँघरमा भए । अन्ततः त्यस्ता ठाउँमा जानेहरु अधिकासं कोरोनाको शिकार बने । धेरै मानिस एकै ठाउँमा भेला भएका ठाउँमा संक्रमण ह्वातै बढेको छ ।


बाहिर हिड्दा आफु ठुलो मान्छे भएको महशुस गर्ने प्रवृत्तीले संक्रमण फैलन प्रसय गरेको छ । कोरोना संक्रमण दर रोक्न स्थानीय सरकार, वडा, टोलबिकास संस्थाका अगुवाई गर्नेहरु आक्रम बन्नु जरुरी छ । उनीहरुले कडा नियम बनाएर सबैलाई घर भित्र राख्न सके भने गोरखाको ग्रामिण भेगमा डरलाग्दो रुपले फैलिएको कोभिड १९ केही हदसम्म कम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्