आधारभूत विद्यालयको भवन निर्माणमा प्राथमिकता दिऔँ
२०७२ बैशाख १२ गते भूकम्पमा भत्किएका गोरखाका अधिकांश विद्यालय नयाँ चिरिच्याट्ट बनेका छन् । पुराना, अस्थायी भवन रहेका विद्यालयमा पनि पक्की (भूकम्प प्रतिरोधी) भवन ठडिएको छ । २०७३ सालदेखि सुरु भएको विद्यालय पुननिर्माण अन्तिम चरणमा छ । भूकम्पमा भत्किएका विद्यालय त बने तर कक्षा कोठा अभाव रहेका अझै २० भन्दाबढि विद्यालयमा भवन बन्न बाँकी छ ।
भवन आवश्यक भएका विद्यालयको सूचीमा रहेका अधिकांस १(५ र केही १(८ चलेका विद्यालय छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का अनुसार यी आधारभुत विद्यालयमा दुईदेखि चार कोठाको संरचना भए पुग्छ । यो तयार गर्ने हो भने गोरखाका सबै विद्यालयलाई भौतिक रुपमा बलियो हुन्छ ।
तर भवन आवश्यक रहेका विद्यालयमा निर्माणको जिम्मा कसले लिने भन्ने अन्यौल छ । आयोजना कार्यान्वयन इकाई शिक्षा भूकम्पमा भत्किएको विद्यालय पुननिर्माण सकिएको भन्दै आगामि आर्थिक वर्षदेखि परियोजना हट्ने तयारीमा छ । ती बाँकी विद्यालय पनि पुन निर्माण प्राधिकरण वा स्थानीय सरकारले जिम्मा लिने हो भने छिटो बन्न सक्छ ।
तर यकिन भईसकेको छैन ।
कतिपय विद्यालयमा भवन छ तर विद्यार्थी कम छन् । विद्यार्थी थोरै तर राज्यको लगानी धेरै भएको छ । ती ठाउँका आधारभूत विद्यालय नजिकको अर्को विद्यालयमा समायोजन गर्नुपर्छ । केही समयअघि स्थानीय तहले विद्यालय समायोजन गर्ने योजना सुनाएका थिए तर कमै मात्र विद्यालय समायोजन भएका छन् ।
यसले अनावश्यक ब्याय भार थपेको छ भने शैक्षिक गुणस्तरमा पनि हूास आएको छ । विद्यार्थी संख्या बढाउने र गुणस्तरीय शिक्षा दिनेमा सामुदायिक विद्यालय योजनावद्ध अघि बढ्नुपर्छ । स्थानीयले सरकारले पनि सोही अनुसार नीति लिनु पर्छ ।




