घरेलु उपचारले भएसम्म अस्पताल नधाएकै बेस
कोरोना महामारीको चर्चा चल्न थालेपछि कतिपयमा अस्पताल जान त्रास बढेको छ । गतबर्ष पनि कोरोनाको चर्चा चलुञ्जेल अस्पतालमा अन्य बिरामीहरुको संख्या न्यून थियो । यसले गर्दा सानातिना व्यथा पिर घरेलु उपचार गरेर वा केही दिन धैर्यता अपनाएर ठिक गर्ने एउटा राम्रो अभ्यास सुरुवात भएको थियो ।
यसपटक पनि कोरोनाको चर्चा चल्न थालेको छ । यस्तो अबस्थामा साधारण बिरामीहरु अस्पताल नजाँदै बेस हुन्छ । जुन स्वास्थ्य समस्या केहीदिन धैर्यता अपनाउँदैमा निको हुन्छ भने किन अस्पताल जाने ? वा यदि घरेलु उपचारबाटै सानातिना समस्या बिसेक हुन्छ भने अस्पताल धाउनु वुद्धिमानी हुदैन ।
तर यसको अर्थ अस्पताल जान हुदैन भन्ने होइन । महामारी फैलिएका बेला साधारणतयार अस्पतालमा जोखिम हुनसक्छ । तर जटिल समस्या देखियो यदि भने पनि घरमै बस्नु पर्छ भन्ने होइन ।
गोरखा अस्पतालले अन्य बिरामीलाई सुरक्षितपूर्वक औषधोपचार गर्ने व्यवस्था मिलाएको छ । अस्पतालको प्रवेशद्वारमै फिभर टूेसिङ गरी यदि ज्वारो आएको रहेछ भने अन्य बिरामीहरुसँग घुलमिल हुनै नदिई फिभर क्लिनिकमा उपचार गराउने र त्यही अनुसार अघि बढाउने गरेको छ । ज्वारो बाहेकका बिरामीलाई अलग्गै उपचारको व्यवस्था गरेको छ । त्यसैले स्वास्थ्य सेवा लिन जान आनाकानी गर्नु आवश्यक छैन ।
बेला राम्रो नभएकाले अहिले अस्पताल मात्र होइन, अन्यत्र पनि नगए पनि हुने ठाउँमा नजाँदै उपयुक्त हुन्छ । यदि बित्ने काम होइन भने नहिड्दै राम्रो । तर जानै पर्ने, गर्नैपर्ने हो भने स्वास्थ्य सावधानी अपनाएर दुरी कायम गरी, मास्क, सेनिटाइजरको प्रयोग गरी हिड्दा उपयुक्त हुन्छ ।




