| सोमवार, कार्तिक २३, २०८३

कोभिडको दोस्रो लहरको आतंकबाट बचौ“

कोभिड १९ ले गतबर्ष झण्डै नौ महिना नेपालमा आतंक मच्चायो । कात्तिक, मंसीर महिनादेखि अलिअलि मत्थर हुदै गएको यो महामारीले वैशाख लागेदेखि फेरि बबण्डर मच्चाउन थालेको छ ।
अहिले दैनिक एकहजार भन्दा धेरैजना नयाँ संक्रमित थपिदै गएका छन् । विज्ञका अनुसार वैशाख र जेठ महिनामा नेपालमा संक्रमणको दर अति उच्च विन्दुमा पुग्नेछ ।

कोरोनाले च्याप्दैच्याप्दै ल्याएपछि जिल्लास्थिति डिसिसिएमसी पनि सक्रिय भएको छ । भिड हुने सभा, समारोह, मठमन्दिर, मस्जित, चर्चहरु पनि बन्दको निर्णय भएको छ । विद्यालय, कलेज लगायतका शैक्षिक संस्थाहरु पनि विचाराधीन अबस्थामा छन् । यिनीहरुको बारेमा पनि छिट्टै कुनै निर्णय हुनेछ ।
सार्वजनिक यातायात, सेवाग्राहीको भीड लाग्ने सरकारी कार्यालयहरुको बारेमा पनि विस्तारमा केही निर्णय आउन सक्ला ।

यी सबै परिस्थिति आउने नागरिकको लापार्बाहीले हो । जव स्वास्थ्यमा लापार्बाही हुन्छ, संक्रमण दर बढ्छ । अनि बन्द गर्ने बाध्यात्मक अबस्थामा पुग्नु पर्ने हुन्छ । नागरिक सचेत भएर स्वास्थ्य सावधानी अपनाए भने संक्रमण दर कम हुन्छ अनि सवै क्षेत्रमा बन्द गर्ने वाध्यात्मक अबस्था आउँदैन ।
मास्क लगाउने, सावुनपानीले नियमित हात धुने वा सेनिटाइजर लगाउने, कम्तिमा दुईमिटरको भौतिक दुरी कायम गर्ने जस्ता सावधानी अपनाएमा कोरोना संक्रमण दर पक्कै कम हुनेछ । तर प्रायमा लापार्बाही देखिन्छ । जसले गर्दा घातक परिणाम झेल्नु पर्ने हुन्छ ।

केन्द्र, प्रदेश वा स्थानीय सरकार, स्थानीय प्रशासनले पनि स्वास्थ्य सावधानी अपनाउने बिषयलाई अत्यन्त कडाइका साथ पालना गर्न लगाउनु पर्छ ताकि फेरि लकडाउन, सटडाउन जस्ता कठोर कदम चाल्नु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्