पूर्ण निर्माण गरेर मात्र घर हस्तान्तरण गर
एनआरएनएले गुप्सीमा निर्माण गरेको एकीकृत नमूना बस्ती आउँदो नौ गते बिहिबार हस्तान्तरण हुने भएको छ । राष्टिूय पुनर्निर्माण प्राधिकरण(एनआरए) का प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञावली र गैरआवासीय नेपालीहरुको संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा सो बस्ती गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई हस्तान्तरण गर्नेछन् ।
साथै सोही दिनमा घर(जग्गा)धनीहरुलाई लालपूर्जा वितरण हुनेछ ।
बस्ती पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेको हुनाले बस्तीको उद्घाटन भने आउँदो एकबर्षभित्र उद्घाटन हुने भएको छ । ५७३ घर निर्माण सम्पन्न भएको एकीकृत नमूना बस्ती राष्टूपतिको हातबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सो एकीकृत नमूना बस्तीमा घर र सौचालय निर्माण भएको छ । अब त्यहाँ ढल निकास निर्माण हुनुपर्ने छ । त्यस्तै खानेपानी लाइन तथा विद्युत जडान हुनुपर्ने छ । बस्ती भित्रको सडक स्तरोन्नति गर्नुपर्ने छ ।
बस्तीलाई घेराबार लगाउनु पर्ने छ । घरका आँगनहरु पहिरोको जोखिममा छन्, तिनलाई बलियो बनाउनु पर्ने छ ।
बस्तीभित्र स्वास्थ्यसंस्था निर्माण गर्नुपर्ने छ भने शिशुस्याहार केन्द्र(किण्डरगार्डेन) बनाउनु पर्ने जरुरी छ । पूर्वाधार निर्माण गरिसकेपछि मात्र बस्तीको उद्घाटन गर्ने कार्यक्रम बन्नेछ ।
एनआरएनएले सबै घरमा कच्ची झ्यालढोका निर्माण गरिदियो । त्यसैले असन्तुष्ट गाउँलेले आफ्नै खर्चमा, आफ्नै लगानीमा काठको झ्याल ढोका बनाएका छन् ।
सौचालयके पाइप घरको झ्यालमा जोडेका छन्, जसले गर्दा बतास चल्दा सौचालयको दुर्गन्ध घरभित्र पस्छ । त्यस्तै बस्तीको आँगन कमजोर छ, जसले गर्दा घर नै पहिरोमा बग्न सक्छ ।
यी र यस्तै विभिन्न संरचनाको सफल निर्माणपछि बल्ल एकीकृत नमूना बस्तीले पूर्णता पाउँछ ।




