| सोमवार, कार्तिक २३, २०८३

विद्युत प्राधिकारणको शाख नगिरोस

प्रमुख कार्यकारी अधिकृत(सिइओ) परिवर्तनपछि विद्युत प्राधिकरण कमजोर बन्दै गएको जनमनमा छ । सिइओ कुलमान घिसिङले गरेको मिहिनेत र त्यसबेला लिएको उचाइ कायम हुने नहुने जनमनमा आशंका छ ।

यही बखत बेला, कुबेला विजुली जाने गरेको छ । जसले गर्दा विद्युत प्राधिकरणको अवको अबस्थाको बारेमा जनआस्था स्खलित हुदै गएको छ । दैनिक १८ देखि २० घण्टासम्मको विद्युत विहिनताको हण्डर खेपेका नेपालीले लोडसेडिङको अन्त्य गर्ने कुलमानप्रति आगाध आस्था जगाएका थिए, जुन अहिले पनि जीवितै छ ।

मौसमका कारण हो वा व्यवस्थापन कमजोरीले हो, अहिले बेलाकुबेला बत्ती जाने गरेको छ । जसले गर्दा विद्युत प्राधिकरणका लागि कुलमानले कमाएको लोकप्रियता स्खलित हुदै गएको छ । कुलमानको बिरासत जोगाउन अहिलेका प्रमुख कार्यकारीलाई सहज छैन ।
बत्ती जाने समस्या मात्र होइन, अहिले जिल्ला जिल्लामा विद्युत महशुल बक्यौता चुलिदै गएको छ ।

बक्यौता उठाउन बाँकी रहनु त एउटा उदाहरण मात्र हो, भित्रभित्र अन्य धेरै खालका भद्रगोल सुरु भएको छ । यसको कमजोरी जिल्ला, जिल्लाको नै हुनसक्छ, तर विश्लेषण गर्दैजाँदा जिल्ला पनि प्राधिकरणकै एउटा एकाइ न हो । आफ्ना एकाइहरुलाई कत्तिको चुस्त दुरुस्त बनाउने भन्ने फेरि संस्थाका प्रमुखको नै हुन्छ । त्यसैले प्राधिकरणको गरिमालाई जोगाइराख्न हरेक इकाइ(जिल्ला शाखा, प्रशाखा, वितरण केन्द्रहरु) सबै नै सगज, सचेत, जागरुक हुनुपर्छ ।

एकाइहरुलाई खटाएर मात्र नतिजा सकारात्मक आउँदैन । चुस्त परिचालनको खाँचो पर्छ ।
अब पुन लोडसेडिङको खातिर, कुलमान निश्कासनको प्रतिशोध लिने हेतुले वा अन्य विभिन्न कुटनीति, रणनीतिले जनतालाई सकस दिनु हुदैन ।
सबैले सबैठाउँमा रहेर आम नागरिकलाई पुग्ने गरी विद्युतको कुशल व्यवस्थापनप्रति झक्झक्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्