| सोमवार, कार्तिक २३, २०८३

डँँडेलो नियन्त्रणमा सचेत युवाहरु लागौ“

युवाहरु भविष्यका कर्णाधार हुन् । अवको युगका संवाहक हुन् । मुलुक परिवर्तनका लागि युवाहरु जुट्नु, जाग्नु अनिबार्य छ ।
विशेषगरी अहिले डँडेलोले जताततै आक्रान्त बनाइरहेको छ । यो समस्या भयाबह रुपमा बढ्दै गइरहेको छ ।

लामो खेडेरीका कारण सुख्खापन बढिरहेको वर्तमान अबस्थामा हाम्रो वरिपरि जहाँतहीँ डँडेलो लागिरहेको छ । डँडेलोले देशभरको वायुमण्डल धुमिलिएको जो कोहीले अनुभूति गरिरहेका छन् । यसले विभिन्न संकट निम्त्याउने अवस्वयंभावी छ ।
जलवायु परिवर्तन र यसको दुश्प्रभाव हामी जो कोहीले देखिरहेका, भोगिरहेका छौँ ।
विशेष वायुमण्डल प्रदुषित छ ।

विभिन्न रोगव्याधि बढिरहेको छ ।
हिमालमा हिउँ कम परेको छ । पुरानो हिउँ पग्लिदै छ । नयाँ हिउँ थपिएको छैन । जसले गर्दा पहाडमा पानीको मात्र कम हुदै जाने निश्चित छ । खोला नदीमा पानीको प्रबाह कम भइरहेको छ । खोला, खोल्सा, धारा, कुवामा पानीका मुहान सुक्दैछन् । यसले मानव तथा सभ्यता तथा प्राणी जगतको निरन्तरतामा संकट उत्पन्न नगर्ने सम्भावना कति छ ?
हाम्रो सरकारले, सामाजिक संघसंस्थाले पनि डँडेलो नियन्त्रण गर्ने प्रभावकारी नीति ल्याएको छैन । बर्षेनी वन डँडेलो नलगाऔँ ।

डँडेलो लागेमा निभाऔँ भनेर रेडियो, टिभी, पत्रपत्रिकामा प्रचार प्रसार मात्र गरिरहन्छ । अनि डँडेलो न्यूनिकरण गर्ने, नियन्त्रण गर्ने भनेर सुकिला, मुकिला बटुलेर होटलहरुमा तालिम, प्रशिक्षक आयोजना गरेर सरकार बर्षेनी भद्दा मजाक मात्र गरिरहन्छ । यसबाट डँडेलो नियन्त्रण नभएको यथेष्ट अनुभव छ । तैपनि सरकारसँग यसको विकल्प नभए झैँ गर्छ ।
डँडेलो निभाउन युवा परिचालन गर्नुपर्छ । उनीहरुसँग देश बनाउने, नयाँ सिर्जनात्मक काम गर्ने जोश, जाँगर हुन्छ । शक्ति, सामथ्र्य पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्